अ
+
अ
अ
-
काठमाडौँ- सिरहा नगरपालिकाका नगरप्रमुख नवीनकुमार यादवले एक कर्मचारीलाई सोमबार कुटपिट गरेका छन्। नगरपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई नगरप्रमुख यादवले कुटपिट गरेको पीडितले बताएका छन्।
सोमबार बिहान ९ बजे लेखा शाखामा हाजिरी गर्न खोज्दै गर्दा मेयर यादव अचानक आएर गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेको पीडितले बताएका छन्। उनी २४ वर्षदेखि नगरपालिकामा काजमा कार्यरत छन्।
कुटपिट गर्दै आफूलाई दरबन्दी भएकै ठाउँमा जान भनेको पीडितले बताए।
उनले सञ्चारकर्मीसँग भने, ‘म हाजिरी गर्न लागिरहँदा अचानक आएर तिमी दरबन्दी भएको ठाउँमा जाउ भन्दै एक्कासी कुटपिट गर्न थाल्नुभयो।’
उनको अहिले सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। मेयर यादवले भने आफूले ती कर्मचारीलाई कुटपिट गरेको कुरा गलत भएको दाबी गरेका छन्।
भर्खरै
लोकप्रिय
