अ
+
अ
अ
-
काठमाडौं- सञ्चारकर्मी जिपी तिमल्सिनाविरुद्ध पूर्वपत्नी तथा पूर्वमिस नेपाल उषा खड्गीले प्रहरीमा जाहेरी दिएकी छन्।
उनले भक्तपुर जिल्ला प्रहरी परिसरमा जाहेरी दिएकी हुन्।
भक्तपुर प्रहरीका डीएसपी प्रकाश जबेगुले अभद्र व्यवहार लगायतका कसुरमा उषाले जिपीविरुद्ध उजुरी दिएको बताए। जिपीले आफूलाई अभद्र व्यवहार, धम्की र कुटपिटको प्रयास लगायत गरेको आरोप उषाले लगाएकी छन्।
उषा र जिपीबीच २०७९ जेठ २६ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो।
भर्खरै
लोकप्रिय
