अ
+
अ
अ
-
देशसञ्चार AI सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानप्रतिको चेतावनीपछि विश्वको ध्यान इरान र अरब देशहरूमा केन्द्रित भएको छ।
- इरानका राष्ट्रपति मसौद पेजसकियनले आफ्नो देशका लागि ज्यान दिन १ करोड ४० लाख मानिस फ्रन्ट लाइनमा रहेको बताएका छन्।
- इजरायलले इरानी रेल सञ्जाललाई हतियार ओसारपसारमा प्रयोग गरिएको दाबी गर्दै आम सर्वसाधारणलाई रेल यात्रा नगर्न आग्रह गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अन्तिम चेतावनी भन्दै दिएको अभिव्यक्तिपछि अहिले विश्वको नजर इरान र अरब देशहरुमा रहेको छ।
तेहरानलाई ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न आफूले दिएको समयसीमाभित्र सम्झौता नगरे अमेरिकाले ‘एकै रातमै’ इरानलाई ध्वस्त पार्न सक्ने ट्रम्पको अभिव्यक्तिपछि इरानले पनि कडा चेतावनी दिएको छ।
ऊर्जाको निर्बाध आपूर्ति सुनिश्चित गर्ने ‘स्वीकार्य’ सम्झौताका लागि ट्रम्पले निर्धारण गरेको समयसीमा वासिङ्टन डिसी समयअनुसार मंगलबार बेलुका ८ बजे (नेपाली समय अनुसार बुधबार बिहान ५:१५) तोकिएको छ।
त्यसपछि सम्भवत अहिलेसम्मकै धेर र व्यापक हमला हुनसक्ने आँकलन गरिएको छ।
इरानी राष्ट्रपतिले भने- ‘आफूसहित १ करोड ४० लाख ज्यान दिन अग्रपंक्तिमा छौं’
इरानका राष्ट्रपति मसौद पेजसकियनले अमेरिका र इजरायलले जस्तोसुकै आक्रमण गरे पनि इरानी जनताहरू डराएरपछि नहट्ने बताएका छन्।
उनले देशका करिब १ करोड ४० लाखभन्दा बढी नागरिकहरु देशका लागि ज्यान दिन अग्रपंक्तिमा रहेको बताए। उनले भने, ‘१ करोड ४० लाखभन्दा बढी इरानी नागरिकले आफ्नो ज्यान बलिदान गर्न तयार रहेको बताएका छन् र म स्वयं पनि पहिले नै यसका लागि तयार थिएँ, अहिले पनि छु र भविष्यमा पनि इरानका लागि ज्यान दिन तयार रहनेछु।’
अर्कोतर्फ इरानका चर्चित संगीतकार अली घामसारीले अमेरिकी धम्कीका बीच पनि दमावन्द पावर प्लान्टअगाडि बसेर ‘माइ होमल्यान्ड’ शीर्षकको संगीत प्रस्तुत गरेका छन्। यस संगीतमार्फत उनले आफ्नो देशप्रतिको माया र शान्तिको सन्देश दिन प्रयास गरेका छन्।
उनले संगीत मार्फत विश्वलाई आफ्नो देशप्रेम देखाएका हुन्। इरानी राजुदुतहरुले खाडी देशहरुलाई अमेरिका र इजरायललाइ रोकेर दिर्घकालीन शान्तिका लागि तयार पार्न नत्र त्यसको मुल्य चुकाउनका लागि तयार रहन भनेका छन्।
इजरायलले इरानी नागरिकलाई भन्यो- ट्रेनको यात्रा नगर्नू
ट्रम्पको चेतावनीपछि इजरायलले इरानको रेल सञ्जाल (रेलवे नेटवर्क) मार्फत सर्वसाधारणलाई रेलको यात्रा नगर्न भनेको छ। उसले हतियार ओसारपसारका लागि रेलको प्रयोग भइरहेको दाबी गर्दै सर्वसाधारण नागरिकलाई यस्तो आग्रह गरेको जनाइएको छ। रिपोर्टअनुसार, इजरायली सेनासँग सम्बन्धित स्रोतहरूले इरानको रेल प्रणाली इस्लामिक रिभोल्युसनरी गार्डका सैन्य गतिविधिहरूमा प्रयोग भइरहेको र यसमार्फत देशभर हतियार सार्ने काम भइरहेको बताएका छन्। विश्लेषकहरूका अनुसार, इजरायलले यस्तो भाषा प्रयोग गरेर आफ्ना आक्रमणलाई वैध देखाउने प्रयास गरिरहेको हुन सक्ने र जसले अन्तर्राष्ट्रिय समर्थन जुटाउन सहयोग पुर्याेउने लक्ष्य राखेको आरोप लगाएका छन्।
टर्कीस्थित इजरायली राजदूतावासमा आक्रमण टर्कीको इस्तानबुलमा मंगलबार इजरायली वाणिज्य दूतावास (कन्सुलेट) नजिक आक्रमण भएको छ। केही व्यक्तिहरू बन्दुक लिएर त्यहाँ पुगेका थिए र उनीहरूले अन्धाधुन्ध गोली चलाउन थालेका थिए। यस घटनामा दुई आक्रमणकारी मारिएका छन् भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। साथै, एक जना प्रहरी पनि घाइते भएका छन्। घटनापछि सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर सुरक्षा कडा बनाइएको छ।
Prakash
भर्खरै
लोकप्रिय
