- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिएका छन् कि यदि स्ट्रेट अफ हर्मुज नखोलेमा इरानी सभ्यता नष्ट गरिनेछ।
- इजरायली सेनाले इरानी नागरिकहरूलाई चेतावनी दिँदै रेल मार्गबाट यात्रा नगर्नु आग्रह गरेको छ।
- सम्भावित आक्रमणमा इरानका सैन्य संरचना, विद्युत् केन्द्र, इस्पात उद्योग र अन्य संरचनामा ट्रम्पले हमला गर्न सक्ने छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ नखोलेमा इरानी सभ्यतानै नस्ट गर्ने धम्कि दिएपछि अहिले विश्वभर ट्रम्पको भनाइलाई लिएर तिब्र प्रतिक्रियाहरू आइरहेका छन्। उनले आज राति ८ बजे अमेरिकी समयसम्मको अन्तिम डेडलाइन सकिन केहि घन्टा बाँकी रहँदा कतै ट्रम्पले इरानमा आणविक हमलना गर्न लागेका त हैनन् भन्ने संसय पैदा भएको छ।
यदि इरानको सभ्यतानै ध्वस्त गर्नु पर्ने अवस्थामा ट्रम्पले इरानमा कस्ता हतियार प्रयोग गर्लान्? इरानको सभ्यता नस्ट गर्नका लागि सबैभन्दा शक्तिशाली हतियार परमाणु बम हो। ट्याक्टिकल परमाणु बमले कुनै सानो क्षेत्रलाई पूर्ण रूपमा नष्ट गर्नुपरेमा यो बम प्रयोग हुन सक्छ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि परमाणु विपत्तिको सम्भावनालाई ध्यानमा राखेर तयारी गरिरहेको जनाएको छ। ट्रम्पका सल्लाहकारहरूले पनि यदि युद्ध बढे इजरायलले परमाणु हतियार प्रयोग गर्न सक्ने दाबी गरेका छन्।
त्यस्तै बंकर बस्टर बम प्रयोग हुन सक्छ। इरानका मिसाइल भण्डारण, ड्रोन केन्द्र, परमाणु प्रयोगशालाहरु जमिनमुनि गहिरा कंक्रीट बंकरहरूमा राखिएको विश्वास गरिन्छ। यी हतियारहरु नष्ट गर्न बंकर बस्टर बम प्रयोग गर्नुपर्छ। यसका लागि बी-२ स्टेल्थ बमवर्षक विमान प्रयोग गरिन्छ, जसले जीपीयू-५७ मासिभ अर्डनन्स पेनीट्रेटर (एमओपी) नामक शक्तिशाली बम प्रहार गर्न सक्ने विकल्प पनि अमेरिकासँग छ।
त्यसोत ट्रम्पले इरानलाइ गत अप्रिलदेखिनै इरानलाई कडा धम्की दिइरहेका छन्। ४ अप्रिलमा ट्रम्पले सामाजिक सञ्जालमा भनेका थिए ‘मैले इरानलाई सम्झौता गर्न वा हर्मुज जलडमरू खोल्न १० दिनको समय दिएको थिएँ। समय सकिँदैछ। ४८ घण्टापछि ठूलो कारबाही हुनेछ।’ त्यसपछि ५ अप्रिल साँझमा उनले फेरि चेतावनी दिँदै भने ‘मंगलबार पावर प्लान्ट र पुलहरूमा आक्रमण हुने दिन हुने छ। हर्मुज खोल, नत्र नरकम बनाइदिने छौं।’

त्यस्तै ६ अप्रिल दिउँसो १ बजे ट्रम्पले १ घण्टा ३४ मिनेटको प्रेस सम्मेलन गर्दै तीनै कुराहरु दोहोर्याएका थिए। ७ अप्रिल राति अन्तिम समयसीमा घोषणा गरे। र ट्रुथ सोसलमा उनले इरानी सभ्यताको अन्त्य हुने र त्यसलाइ फर्काएर कहिले ल्याउन नसकिने बताए। उनले दिएको अन्तिम समयसिमा नेपाली समयअनुसार यो समयसीमा बुधबार बिहान ५:४५ मा समाप्त हुनेछ।
‘ट्रम्पले भने पहिले यो समयसीमा सोमबार साँझसम्मको थियो, तर त्यो इस्टर पर्वपछि पर्ने भएकाले मैले समय बढाएँ। म राम्रो मान्छे बन्न चाहन्छु।’ट्रम्पको चेतावनीका सिलसिलावार ऋंखला जारी राखे। ट्रम्पको घोषणा अघि इजरायली सेनाले फारसी भाषामा इरानी नागरिकहरूलाई चेतावनी दिँदै भनेको छ की ‘प्रिय नागरिकहरू, तपाईंहरूको सुरक्षाका लागि हामी अनुरोध गर्छौँ कि आज राति ९ बजेसम्म देशभर रेलमार्गबाट यात्रा नगर्नुहोस्। रेलवे लाइनको नजिक रहनु तपाईंको ज्यानका लागि खतरनाक हुन सक्छ।’
सम्भवत समयसीमा सकिएपछि ट्रम्पले इरानी पुल र विद्युत् केन्द्रमा ठूलो आक्रमण गर्ने छन् साथै सैन्य संरचना, परमाणु केन्द्र, पानी शुद्धिकरण प्लान्ट, इस्पात उद्योग, रेल मार्ग, साउथ पार्स पेट्रोकेमिकल क्षेत्र माथि भिषण आक्रमण गर्ने छन्। र यदि यो आक्रमणको जवाफमा इरानले कतार, दुबई, साउदी लगायतका देशका विद्युतीय केन्द्रहरुलाइ निसाना बनाएमा ट्रम्पले आणविक बम (परमाणु) बमको प्रयोग गर्न सक्ने छन्।
अर्कोतर्फ ट्रम्पको अर्को लक्ष्य इरानमा रहेको करिब २०० किलो समृद्ध युरेनियम कब्जा गर्नु हो, जसबाट परमाणु बम बनाउन सकिन्छ। साथमा खार्ग द्वीप मा हमला गरेर त्यहाँको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्र कब्जा गर्नु रहेको छ। यो द्वीपमा इरानको ९०% तेल भण्डारण हुन्छ। यहीँबाट अन्य देशमा तेल निर्यात हुन्छ। ट्रम्पले भनेका छन् कि केही मिनेटमै खार्गको पाइपलाइन ध्वस्त पार्न सकिन्छ।
अमेरिकाले यस क्षेत्र कब्जा लिनका लागि अतिरिक्त युद्धपोत,युएसएस जर्ज बुश विमानवाहक पोत, करिब ३,००० नौसैनिकहरु तैनाथ गरिएको छ। त्यसबाहेक हर्मुज बाहिरका समुद्री नाकाबन्दीको योजना इरानको छ। तर अमेरिका इरानका सबै संरचनाहरु ध्वस्त बनाएर उसलाइ निस्तेज गर्ने रणनीतिमा देखिन्छ। त्यसैले पछिल्ला केही घन्टा विश्वकै लागि प्रतिक्षित छन् भने ट्रम्पले कतै मानव इतिहासमै दोस्रो पटक परमाणु बम प्रयोग त गर्ने हैनन् भन्ने संसय मडारिएको छ।
भर्खरै
लोकप्रिय
