ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्रका पूर्वएसपी र उनकी आमाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्रका पूर्वएसपी र उनकी आमाको मृत्यु
सांकेतिक तस्बिर।
+
-

ललितपुरको सातदोबाटोमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो १ बजेतिर सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी घर भई हाल ललितपुरको सानेपा बस्ने ६५ वर्षका बिदुर गुरुङ र उनकी आमा ८४ वर्षकी धनमाया गुरुङ रहेका छन्। धनमाया मोटरसाइकलको पछाडि सवार थिइन्। बिदुर सशस्त्र प्रहरी बलका अवकासप्राप्त एसपी हुन्।

दुर्घटनापछि उनीहरुलाई तत्काल अल्का अस्पताल–२ मा लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए।

सडकको छेऊको लेनमा मधेश प्रदेश–०३–०००१ ख ०६ नम्बरको ट्रक र सोहि दिशाबाट जादै गरेको मोटरसाइकल बागमती ए एए९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रक चालक बाराको जितपुर सिमारा १२ का ३३ वर्षीय बिनोद खा थारु प्रहरीको नियन्त्रणमा छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…