सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा गेटामा सुरु

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा गेटामा सुरु
+
-

धनगढी- सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा बैठक सुरु भएको छ। गेटास्थित विश्वविद्यालयकै सभाहलमा बुधबार बिहानबाट बैठक सुरु भएको हो।

यसअघिका तीन सभा (सिनेट) बैठकहरू संघीय राजधानीमा भएका थिए भने यस पटक पहिलोपटक विश्वविद्यालयकै परिसरमा बैठक बोलाइएको छ।

बैठकमा विश्वविद्यालयसँग सम्बन्धित नियमावली, विभिन्न कार्यविधिहरूको मनोनयन तथा अनुमोदन, आर्थिक नियमावली र खरिद नियमावलीजस्ता विषयमा छलफल हुने बताइएको छ।

त्यसैगरी, विश्वविद्यालयअन्तर्गत सञ्चालनमा रहेको शिक्षण अस्पताललाई भविष्यमा कसरी प्रभावकारी रूपमा सञ्चालन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुनेछ।

बैठकमा शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा सचिव, स्वास्थ्य सचिव, चिकित्सक शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, मुख्यमन्त्री कमलबहादुर शाह लगायतको सहभागिता रहेको छ। सभाको अध्यक्षता विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्रीले गर्ने व्यवस्था गरिएको छ।

विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाट एमबिबिएस लगायत चिकित्सा शिक्षा अध्यापनको तयारी भइरहेको छ। हाल गेटा विश्वविद्यालय सञ्चालनको पर्खाइमा छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…