अ
+
अ
अ
-
मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृ शोक परेको छ ।
मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको उनका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।
एक महिनाअगाडि उनको खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो । स्व कार्कीका दुई छोरा र पाँच छोरी छन् ।
भर्खरै
लोकप्रिय
