गहिरो अविश्वासकाबीच अमेरिका र इरान वार्ताको टेबुलमा, को-को भए वार्तामा सहभागी?

गहिरो अविश्वासकाबीच अमेरिका र इरान वार्ताको टेबुलमा, को-को भए वार्तामा सहभागी?
+
-
देशसञ्चार AI सारांश
  • इस्लामाबादमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल र इरानी संसदका अध्यक्ष मोहम्मद बेघर घालीबाफको टोलीबीच वार्ता तय भएको छ।
  • पिछली वार्ताहरू बिना सम्झौता टुंगिएपछि यस पटकपनि दुवै देशबीच अविश्वासको गहिरो संकट देखिएको छ।
  • पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले वार्ता सफल बनाउन इमानदारीपूर्वक मध्यस्थकर्ताको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ– गहिरो अविश्वासकाबीच इरान र अमेरिकाबीच वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन्। शुक्रबारबाटै वार्ताका लागि कडा सुरक्षा व्यवस्था अपनाइएको इस्लामावादमा अहिले विश्वको ध्यान केन्द्रित छ।

इरानसँग वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तान पुग्दा इरानको नेतृत्व भने इरानको संसदका अध्यक्ष मोहमम्द बेघर घालीबाफले गर्दै छन्।

जेडी भान्स ‘एयर फोर्स टू’ विमान इस्लामाबादमा अवतरण गरेका थिए। पछिल्ला २१ वर्षपछि कुनै अमेरिकी उपराष्ट्रपति पाकिस्तान भ्रमणमा आएका हुन्। यसअघि सन् २००५ मा तत्कालीन उपराष्ट्रपति डिक चेनीले पाकिस्तान भ्रमण गरेका थिए।

इस्लामाबादमा हुने वार्ताका लागि जेडी भान्ससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिव विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ ज्यारिड खुस्नर टोलीमा रहेका छन्। यसअघि नै इरानको संसदका अध्यक्ष मोहम्मद बघर गालिवाफ नेतृत्वमा विदेश मन्त्री अब्बास अराघची सहितको टोली इस्लामाबाद पुगिसकेको थियो।

अमेरिका र इरानबीच शनिबार इस्लामाबादमा वार्ता हुने तय भएको छ। पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले यसलाई स्थायी युद्धविरामतर्फको ‘कठिन तर महत्त्वपूर्ण कदम’ भनेका छन्। गालिबाफको नेतृत्वमा आएको इरानी टोली शुक्रबार राति इस्लामाबाद पुगेको हो। नूर खान विमानस्थलमा उनीहरूलाई पाकिस्तानका उपविदेशमन्त्री इशाक डार र फील्ड मार्शल असिम मुनिरले स्वागत गरेका थिए।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानले मध्यस्थकर्ताको भूमिकामा इमानदारीपूर्वक वार्ता सफल बनाउन प्रयास गर्ने बताएका छन्। अमेरिका र इरानबीच वार्ताको अर्को चरण सुरु हुन लागेको भए पनि, दुवै देशबीच विश्वासको संकट भने स्पष्ट देखिएको छ।

किनभने पछिल्लो एक वर्षमा दुई पटक वार्ता भए पनि, दुवै पटक सम्झौता नहुँदै युद्ध चर्किएको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…