बजार र उत्पादनसँग जोडिने गरी त्रिविका १०० भन्दा बढी पाठ्यक्रम परिमार्जन: डिन डा. चालिसे

बजार र उत्पादनसँग जोडिने गरी त्रिविका १०० भन्दा बढी पाठ्यक्रम परिमार्जन: डिन डा. चालिसे
+
-
देशसञ्चार AI सारांश
  • झापामा आयोजित सभामा त्रिभुवन विश्वविद्यालयले शैक्षिक कार्यक्रमलाई व्यापक सुधार गर्दै बजार मागअनुसार परिमार्जन गरेको जानकारी दिइयो।

  • प्राध्यापक चालिसेले युवा पलायनको मुख्य कारण आर्थिक अवसरको अभाव रहेको र त्रिविमाथि लागेका आरोपहरू तथ्यपरक नभएको स्पष्ट पारे।

  • प्रमुख अनुसन्धानले ९० प्रतिशत युवाहरू रोजगारी र आर्थिक लाभको खोजीमा विदेशिने देखाएको भन्दै चालिसेले त्रिविका सुधार प्रयासलाई जोड दिइयो।

झापा- त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा. महानन्द चालिसेले वर्तमान समयको माग र ‘जेन्जी’ पुस्ताको चाहनाअनुसार विश्वविद्यालयले आफ्नो शैक्षिक कार्यक्रममा व्यापक सुधार थालेको बताएका छन्।

बुद्धशान्ति-१ झापामा रहेको सीता रमेश बहुमुखी क्याम्पसको १४ औँ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले पछिल्लो एक वर्षमा त्रिविले १०० भन्दा बढी पाठ्यक्रमहरूलाई श्रम बजार र उत्पादनसँग जोड्ने गरी परिमार्जन गरिसकेको जानकारी दिए।

चालिसेले अहिलेका युवाहरू ‘क्विक सर्भिस डेलिभरी’ चाहने र अध्ययनसँगै श्रम, उत्पादन तथा बजारसँग सिधै जोडिन इच्छुक रहेको उल्लेख गरे। ‘अहिलेको विश्वव्यापी ट्रेन्ड ‘मल्टी-डिस्प्लिनरी’ एप्रोचमा छ। चाहे अस्पताल होस् वा समाजका अन्य संस्था, सबैतिर व्यवस्थापन शिक्षाको आवश्यकता बढेको छ’, उनले भने, ‘त्यसैले हामीले ४०० भन्दा बढी एकेडेमिक प्रोग्रामहरू सञ्चालन गरिरहेका छौँ र ती कार्यक्रमहरूलाई बजारको मागअनुसार ढालिरहेका छौँ।’

युवा पलायनको विषयमा चर्चा गर्दै डा. चालिसेले विश्वविद्यालयमाथि लाग्ने गरेका कतिपय आरोपहरू तथ्यपरक नभएको स्पष्ट पारे। उनका अनुसार नेपाल सरकार र त्रिविको संयुक्त पहलमा गरिएको एक अनुसन्धानले युवाहरू विदेशिनुको मुख्य कारण शैक्षिक गुणस्तरभन्दा पनि आर्थिक अवसरको अभाव रहेको देखाएको छ।

‘हाम्रो अध्ययनले मात्र ८ देखि ९ प्रतिशत विद्यार्थी राम्रो शिक्षाका लागि विदेशिएको देखाएको छ भने बाँकी ९० प्रतिशत युवाहरू आर्थिक लाभ र रोजगारीकै खोजीमा बाहिरिएका हुन्’, उनले भने।

नेपालको वर्तमान पारिश्रमिकले जीवनस्तर धान्न मुस्किल हुनु र सरकारसँग कुन सीप भएका युवालाई कति रोजगारी दिने भन्ने स्पष्ट खाका नहुनु नै पलायनको मुख्य जड रहेको उनको तर्क थियो।

विश्वविद्यालयको मुख्य जिम्मेवारी बजारलाई चाहिने जनशक्ति उत्पादन गर्नु रहेको बताउँदै उनले हालैको अनुसन्धान प्रतिवेदन सरकारका सम्बन्धित निकायमा बुझाइसकिएको र अबको शिक्षालाई स्वरोजगारीसँग जोड्न त्रिवि प्रतिबद्ध रहेको बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…