कस्तो छ २०८३ सालमा तपाईँको वार्षिक राशिफल?

कस्तो छ २०८३ सालमा तपाईँको वार्षिक राशिफल?
+
-

मेष:

यष वर्ष समय अनुकूल नभएकोले संयम रहनु उचित छ। शनि साढेसातिको प्रभाव वर्षभरि नै चल्ने छ।  दशम एकादशको मालिक खर्चभाव रहँदा खर्च बढ्ने विवाद बढ्ने झुटाआरोपको सामना गर्नु पर्दा मन खिन्न रहनेछ।  बौद्धिक कार्यमा अपमानको सामना गर्नुपर्ला । राज्यले महत्व नबुझेर औकात अनुसारको स्थान र मान दिने छैन । पाएको जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा असफल हुनुहोला । बर्षारम्भदेखि २०८३ ज्येष्ठ १८ गतेसम्म राहु र  गुरुको अनुकूलताले सन्तानबाट सुख हुने र सन्तान पाप्तिको योग पनि छ । छात्रवृत्ति हासिल गरी विदेशको राम्रो महाविद्यालयमा पठन पाठन गर्न पाउने बलियो सम्भावना छ । अन्तर्राष्ट्रिय पुरस्कारसहितको चिनारीले तपाईँ स्वयम्‌‌लाई र देशलाई सम्मान प्राप्त हुनेछ। धार्मिक कार्यमा वैज्ञानिक माध्यमहरूले अघि बढाउन सफल हुनुहोला । ज्येष्ठ १९ देखि भाग्येश, दशमेश, एकादशेश शनि गुरुको प्रतिकूलता लगानीको परिणामले व्यापारमा सफलता पाउन  धन  कमाउन गाह्रो छ  । प्रेम सम्बन्धमा ह्रास आउने र नयाँ प्रेम हुने तर प्रेमले अशान्त बनाउने भएकोले प्रेममा जोड नदिनु राम्रो हुनेछ । वैवाहिक कुराहरूमा अवरोध आउने योग छ । राजनीतिमा  आफ्नो वर्चस्व बढाउन सकिने छैन । नोकरीमा  एकपछि अर्को समस्याले  महत्वपूर्ण स्थान गुमाउनुपर्ने असहज स्थानमा  स्थानान्तरण हुने योग छ । श्रावण १५ बाट शनि बक्र भएको मार्ग २०  गतेदेखि राहु दशम हुनेछन्  मुद्धामामिलामा  खर्च बढ्ने, स्वास्थ्यमा बाधा आउने शत्रु बढ्ने नोकरी तथा राजनीतिमा शत्रुले अवरोध सिर्जना गर्ने भएकोले गोपनियता अपनाउनुहोला । चिन्ता बढ्ने भएकोले धैर्यमा जोड दिनुहोला । राशिको बाह्राँै, शनिले गोचर गरिरहेकोले संयम हुनु राम्रो हुनेछ । ज्येष्ठ १८ भित्र महत्वपूर्ण काम गरेमा राम्रो । महिनाहरूमा आषाढमा पराक्रम वृद्धि र काममा सफलता, आश्विनमा शत्रु पराजय र धनलाभ,  माघ फाल्गुन महिनामा धन र मान प्राप्त हुने भएकोले महत्वपूर्ण काम गर्न यो समय राम्रो हुनेछ । ज्येष्ठ, मार्ग, चैत्रमा खर्च बढ्ने विवाद बढ्ने स्वास्थ्यमा बाधा आउने चिन्ता बढ्ने भएकोले संयम भएर काम गर्नु राम्रो हुन्छ । ॐ भास्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्यः पचोदयात् ।। यो मन्त्र वर्षारम्भदेखि पढ्नुहोला ।

बृष:

यो वर्ष ग्रहगोचर समग्रमा  राम्रो छ । एकादश शनि द्वितीय हुँदै तृतीयभावमा प्रवेश गर्ने, गुरुको साताँै  नवम एकादश पर्ने दृष्टिले पराक्रम बढ्नुको साथै  आँटेको काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पूराना समस्या सुल्झाउने अवसर पनि मिल्नेछ । नयाँ कामहरू पनि पाउने योग छ । गुरूको अनुकूलताले बोलीको प्रभाव बढ्नेछ । अरुको मन जितेर महत्वपूर्ण काम हात पार्न सकिनेछ । सभा सम्मलेनमा उपस्थित भएर वक्तव्य दिदा ठूलो प्रशंसा पाउनुहोला ।  भाग्य बलियो छ । धार्मिक कार्यहरूमा धेरै प्रगति देखिन्छ । शैक्षिक व्यवसाय गर्नेहरूको लागि समय वर्षभरि नै अनुकूल रहनेछ । व्यापारमा सोचेजस्तै लाभ मिल्ने र वैदेशिक कार्यहरू सुचारु भएर अघि बढनेछन् । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्नेछ ।  पतिपत्नीबिचको सम्बन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । नोकरी तथा राजनीतिमा गुमेको स्थान फर्काउन सकिनेछ । आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । भुलेका मित्रहरूले सम्झनेछन् । विद्यार्थी जीवनमा प्रेम प्रसङ्ग अघि बढ्दा खर्चमा बढोत्तरी हुन सक्ने भएकोले संयम हनुहोला । चलिरहेको प्रेम वैवाहिक बन्धनतिर अघि बढ्नेछ । मार्ग १९  गतेसम्म राहु दशममा हुने भएकोले नोकरी तथा राजनीतिमा अरुबाट तीब्र आलोचना हुने, काममा बाधा आउने चतुर्थ केतुले घरेलु समस्या र मित्रहरूको धोका दिने भएकोले गोपनियता अपनाउनु, बोल्न विचार पु¥याउनु होला । टाउकोमा राहु वसेकोले पीडा हुने, हातका नशाहरू कमजोर हुने दाजुभाइ र सन्तान सहयोगीहरूसँग विमति रहने सक्ने भएकाले  अरुको विश्वास गरिहाल्नु उचित नहोला । श्रावण, कार्तिक, फाल्गुन, चैत्र महिनामा महत्वपूर्ण काम सकेसम्म गर्नु राम्रो देखिन्छ । बैशाख, ज्येष्ठ, पौषमा आँटेका काम पुरा गर्न धेरै कठिन हुनेछ ।  समग्रमा हेर्दा यो बर्ष सानातिना उल्झन अए पनि आफ्नो लक्षमा पुग्न सकिने छ  ।

मिथुन: 

समग्रमा यस वर्ष ग्रह गोचर राम्रो रहने छ । बर्षारम्भमा राशिमा रहेको गुरुले चिन्ता बढाए पनि ज्येष्ठ १९ देखि मार्ग १९ सम्म सोचेका कुरा धेरै पुरा हुनेछन्, गरेका काममा सफलता मिल्नेछ । बर्षभरि नै गुरू अनुकूल र कर्म भावमा गुरुको दृष्टिले शनि अनुकूल भएकोले वाक्सिद्धिका साथै शत्रु पराजय हुने योग छ । बोलिको प्रभावमा अरुलार्ई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । राज्यबाट सम्मान हुने र वैदेशिक कार्यहरू तीब्र गतिमा अगाडि बढ्नेछन । कुटनैतिक कार्यमा आफूलार्ई दक्ष सावित गर्दै राजनीतिमा वैदेशिक सहयोग हासिल गरी राज्यसत्तामा पुग्न सकिनेछ । कर्म र भाग्यलार्ई जोड्दै अघिबढेमा  यस वर्ष  राम्रो साफलता हात पार्न सकिने छ  । व्यापारमा लक्ष्य अनुरूप सफलता प्राप्त हुनेछ । यो सफलताको योग आगामी मार्ग १९ गतेसम्म रहनेछ । सबै निर्णय यसै समयमा गर्नु उचित हुनेछ । तत्पश्चात आठौँ राहु र  गुरूको छैटा, आठौँ दृष्टिको प्रतिकूल प्रभावले पति पत्नी बिचको सम्बन्धमा विग्रह  हुनुको साथै नयाँ प्रेमका छायाँ परेर प्रेम दुश्मनीमा परिणत हुने योग छ । द्वितीया  केतुको प्रतिकूल प्रभावले मित्र सुख नहुने लेनदेनमा  विश्वासघात हुने भएकोले आर्थिक कारोवारतिर  वर्षभरि नै सावधानी अपनाउनु पर्ला । मृर्गाैलामा  समस्या आउन सक्ने भएकोले खानपानमा ध्यान दिनु जरुरी छ । आर्थिक कारोबार अति आवश्यक अवस्थामा पनि विचार पु¥याएर गर्नु उचित हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना छ । ठूला व्यक्तिको सहयोग र सहानुभूति रहे पनि धोका दिनेहरूबाट सावधान  रहनुपर्ने संयमित भएर काम गर्दा मात्र सफलता मिल्ने छ । राजनीतिमा पाएको सुविधा गुमाउनुपर्ने अवस्थासम्म आउन सक्छ । ज्येष्ठ, आश्विन, माघ महिनामा खर्च बढ्ने विवाद बढ्ने स्वस्थमा संकट आउने र चिन्ता बढ्ने भएकोले संयम रहनुहोला । बैशाख, भाद्र  मार्गमा प्रयास गर्दा धेरै काममा सफलता मिल्ने सम्भावना भएकोले काम गर्दा सोचेर गर्नुहोला । ॐ भास्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात् । यो मन्त्र वर्षभरि नै बिहान बिहान जप गर्नुहोला ।

कर्कट: 

यो वर्षको ग्रह गोचर समग्रमा अनुकूल छैनन् । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । शुरुमा  खर्चका बाध्यता धेरै आइपर्नेछ । आम्दानीको मार्ग बन्द भएकोले आर्थिक कठिनाई आउनेछ ।  नवममा शनि, आठौ राहु, बाह्रौ गुरुको प्रतिकूलताले नोकारी र राजनीतिमा लग्नेहरूको लागि नराम्रा लक्षणहरू  देखापर्ने छन् । शनि  अस्त रहेकोले हात पखुरा दुःख्ने काममा संकट आउने योग छ ।  प्रेममा खटपट भैरहने, पतिपत्नी बिच विवाद प्रशस्त बढ्न सक्ने, घरेलु समस्याले सताउने, मित्र तथा आफन्तहरूले धोका दिन सक्ने भएकोले संयम रहनुहोला । मातापिता र सन्तानहरूसँगको मतभेद थप बढ्नेछ । राज्यबाट पाउने सहयोग सवैजसो बन्द हुनेछ ।  कुटनैतिक क्षेत्र कमजोर रहने सत्रु प्रशस्त सकृय हुने भएकोले संयम हुनु पर्ला । हड्डी, नसा र पेटको समस्या बढी हुने भएकोले खानपानलार्ई वर्षभरि नै ध्यान दिनु पर्ला । गोपनियतामा निरन्तर रहनु उचित छ । चरित्र सम्बन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरूबाट टाढा रहनु वेश हुन्छ  । ज्येष्ठ १९ गतेदेखि राशिमा प्रवेश गुरूको दृष्टि पाचौँ, सातौँ र नवौँ रहने हुँदा काममा लाभ हुनेछ । वैशाखमा धन र मान पाउने योग छ । भाद्रमा पराक्रम बढ्ने अधुरा काम पूरा हुने र नयाँ कामको आरम्भ हुने, पौषमा सत्रु नास र धन लाभ, चैत्रमा सामाजिक र राष्ट्रिय सम्मान, चैत्र महिनामा प्रयास गर्दा धेरै धन कमाउन र सफलता मिल्नेछ । ज्येष्ठ, आश्विन, माघमा महिनामा खर्च बढ्ने, विवाद बढ्ने, काममा अवरोध आउने र मन चिन्तित हुने भएकोले संयम हुनु पर्ला । नयाँ वर्ष शुभदिनमा आरम्भ भएकोले प्रयासमा सफलता पाउने योग छ । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते। यो मन्त्र वर्षभरि नै बिहान बिहान जप गर्नुहोला ।

सिंह:

ग्रह गोचर यस वर्ष मध्यम रहनेछ । ज्येष्ठ  १८ सम्म गुरू अनुकूल हुने भएकोले परिश्रमबाट काममा सफलता मिल्नुको साथै सत्रु पराजय हुने र मित्रहरूको सहयोग पाउने योग छ । पढाईमा रुचि बढ्ने, लेखन मार्गमा सफलता मिल्ने र बौद्धिक क्षेत्र बलियो हुनेछ । नोकरी तथा राजनीतिमा बौद्धिकता उपयोग गरे लक्ष्यअनुसार अघि बढ्न सकिनेछ । राजनैतिक नियुक्तिको सम्भावनाका साथै कुटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ । भएका सन्तानहरूबाट सुख र नहुनेहरूको लागि सन्तान प्राप्तिको योग पनि यो वर्ष बलियो छ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । छात्रवृत्ति हासिल गरी विदेश पढ्न जाने अवसर मिल्नेछ । नयाँ घर, सवारी जोड्ने अवसर मिल्नेछ । व्यपारमा उच्च प्रगतिको योग छ । प्रेम प्रसंगले वैवाहिक मार्ग अबलम्वन गर्नेछ । विवाहितहरूको दाम्पत्य जीवन सुखमय रहनेछ । ज्येष्ठ, आषाढ, कार्तिक, माघमा  पराक्रम बढ्ने, अधुरा काम बन्ने, नयाँ कामको अवसर मिल्ने, धन मनग्य कमाउने अवसर मिल्नेछ । यो समय महत्वपूर्ण कामका लागि अनुकूल रहनेछ भने अढैयाशनिको प्रतिकूल प्रभाव वर्षभरि नै रहनेछ । ज्येष्ठ १९ गतेदेखि द्वादश गुरु र शनि अष्टम स्थानमा भएकोले राजनीतिक कर्मीहरूका लागि राजकाज सम्वन्धी मुद्धामा राजबन्दी बन्नुपर्ने सम्भावनाका साथै आर्थिक रूपमा अवस्था अनुकूल देखिन्न । लेनदेनमा समस्याले चिन्तित बन्नुपर्ने अवस्था आउनुको साथै स्वस्थको अवस्था पनि राम्रो देखिन्न। हाडजोर्नीको समस्याले निकै सताउनेछ । आर्थिक कारोबारमा पनि समस्या आउनेछ । धार्मिक कार्यमा खासै रुचि देखिन्न । बेलाबेलामा मन विचलित भइरहनेछ । आषाढ, कार्तिक, माघमा महत्वपूर्ण सफता मिल्ने र श्रावण, मार्ग, चैत्रमा धेरै समस्या झेल्नु पर्ने समय हो। स्वास्थ सन्तुलित राख्न अलि धेरै हिँड्ने प्रयास गर्नुहोला। खानपानमा विचार पुर्‍याउनुहोला। नगद सहयोग गर्न बन्द गर्नुहोला । बलको काममा भन्दा वुद्धिको काममा जोड दिनुहोला । वर्षभरि नै बिहान उठेर ॐ नमः शिवाय यो मन्त्रको १०८ जप गर्नु उत्तम हुनेछ ।

कन्या:

वर्षको आरम्भमा ग्रह प्रतिकूल रहनेछ । ज्येष्ठ १८ सम्म सप्तम गुरू केन्द्रादि दोष बनाएर दशम भावमा  रहने भएकोले संयम रहनु राम्रो । मनमा चिन्ता बढ्ने, काममा अवरोध आउने, स्वास्थ्यमा समस्या आउन सक्ने भएकोले खानपानमा ध्यान दिनु उचित होला । विश्वास गरेकाले धोका दिने भएकोले संयम हुनुहोला । काममा तगारो लगाउनेहरू सक्रिय हुनेछन् । सहयोगीहरूबाट र दाजुभाइहरूबाट समेत धोका हुन सक्ने भएकोले गोपनियतामा जोड दिनुहोला । षष्टम राहु,  सप्तम शनि भएकोले सबै काममा आफैँले ध्यान दिनुहोला । राजनीतिमा पाएको सुविधा जोगाउन अलि कसरत गर्नुपर्ला । ज्येष्ठ १९ गतेदेखि गुरूको अनुकूलताले आँटेका काममा सजिलै सफलता पाउनु होला ।  नयाँ कामको अवसर पनि मिल्नेछ । अरुको विश्वास जितेर अघि बढ्न सकिनेछ । भाग्यले साथ दिने, धार्मिक कीर्तिका कामहरू गर्ने गराउने अवसर मिल्ने, सामाजिक प्रतिष्ठा बढ्ने योग छ । कुरा काट्नेहरू आफैँ निस्तेज हुनेछन् । आम्दानीका अवसरहरू पर्याप्त मिल्ने छन् । प्रेम गर्नेहरूका लागि समय अनुकूल रहनेछ । वैवाहिक बन्धनमा बाँधिने र सन्तान प्राप्तिको पनि सम्भावना छ । घर सम्पत्ति जोड्ने अवसर पनि मिल्नेछ । बौद्धिक कार्यलाई तीब्र रूपले अघि बढाउन सकिनेछ । पढाइमा गरेका प्रयासहरू सकारात्मक रहनेछन । राज्यबाट सम्मान पाउने योग छ । आषाढ, श्रवण, फाल्गुन  महिना अनुकूल हुने, काममा सफलता मिल्ने, शत्रु पराजय हुनेछन् । बैशाख, भाद्र, पौष महिना,  महिनाका दृष्टिले प्रतिकूल  रहनेछ ।  स्वास्थ्य हानि, शत्रु बाधा, काममा अवरोध, घरेलु समस्याले सताउने, चिन्ता बढ्ने योग छ ।  ॐ नमो भगवते वासुदेवाय नमः यो मन्त्रको बिहान बिहान जप गर्नु होला ।।

तुला: 

वर्षको आरम्भमा  ग्रह अनुकूल रहने छ । भाग्य भावमा गुरु  हुँदा समय अनुकूल हुँनेछ । भाग्य बलियो भएकोले सकारात्मक  परिणम  हात पर्ने छ ।  आर्थिक लाभले मनलार्ई हर्षित बनाउने, भाग्य भावमा गुरू र षष्ठम शनिको अनुकूल प्रभावले आँटेका काम धेरै पूरा हुने, नयाँ कामको अवसर पाउने योग छ । धन मनग्य कमाउने अवसर पनि मिल्नेछ । यात्रामा लाभ मिल्ने वैदेशिक कार्यमा सफलता मिल्नेछ । विदेश बसोबास गर्ने प्रयासमा भए सफल हुने छ । वैवाहिक बन्धनमा बाँधिने प्रवल सम्भावना छ । व्यापारमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आफन्तहरूको उचित सहयोग मिल्नेछ । ठूला व्यक्तिले विश्वास गर्नेछन् । परिवारबाट पनि सहयोग पाउनुहोला । घर तथा सवारी साधन जोड्ने अवसर मिल्नेछ । पढाईमा उन्नति सोचेजस्तै हुनेछ ।  स्वास्थ्यमा सुधार  आउने, उच्च बौद्धिकता र मनोबल बढ्ने, मन प्रफुल्ल हँुदै, काममा लाग्दा काममा अपेक्षित सुधार आउने ।  सिर्जनशील काम सफल हुन सक्छ । रिस बढ्न सक्ने भएकोले संयम हुनुपर्ला । खानपानमा विशेष ध्यान दिनुपर्ला । मित्रहरूका लागि धन खर्च हुनेछ । आफन्तहरूलार्ई कुरा बुझाउन गाह्रोे पर्ने, भएकोले विचार गर्नु पर्ला । विचार गरेर अघि बढ्दा प्रेममा सफलता मिल्नुको साथै विवाह हुने, पतिपत्नी बिचमा अगाध प्रेम हुने योग बलियो छ । नयाँ व्यापारको प्रस्ताव आउने, वैदेशिक व्यापारमा सफलता पाउने अवस्था रहेकोले त्यसमै जोड दिनुहोला ।  जेठ  १९ गतेपछि कर्कटमा केन्द्रादि दोषले अप्ठ्यारा दिनहरू आउन सक्छन्,  सफलता प्राप्त गर्न गाह्रोे हुनेछ । जेठ, आश्विन, माघमा स्वास्थ्यमा बाधा, आर्थिक संकट, मनमा चिन्ता बढ्ने छ । आषाढ, श्रावण, भाद्र पौष, चैत्रमा अधुरा काम बन्ने, नयाँ काम पाउने र धन मनग्य कमाउने योग छ । आँटे सोचेका काम धेरै बन्नेछन् । ॐ नमो भगवते वासुदेवाय नमः यो मन्त्रको जप वर्षभरि नै गर्नुहोला ।

बृश्चिक: 

वर्षका ग्रहहरू शुरुमा प्रतिकूल, ज्येष्ठ १८ सम्म गुरू अष्टम रहने, स्वास्थ्यमा समस्याहरू आइरहनेछ । मानसिक तनाव अनियन्त्रित हुने भएकोले अध्यात्ममा जोड दिनुहोला । शत्रुसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । सत्य र असत्यलार्ई छुट्याउन अलि कसरत गर्नु पर्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । धनमाल हराउन सक्ने भएकोले धनको ढुकुटीमा नजर कडा राख्नुहोला । कामको मध्यमा संकट आउने भएकोले सतर्क भएर निर्णय गर्नु उचित होला । आर्थिक लेनदेनमा विवाद बढेर मुद्दा मामलाको अवस्था सिर्जना हुने भएकोले नगद कारोबार सोचेर गर्नुहोला । गोपनियता भने वर्षभरि नै अपनाउनु पर्नेछ । ज्येष्ठ १९ गतेदेखि अवस्था राम्रो हुने छ । भाग्यभावको गुरू कुम्भको राहु र शनि पञ्चमको अनुकूल प्रभावले गर्दा एकपछि अर्काे सफलता हात पार्न सकिनेछ । प्राविधिक कार्यमा र प्राविधिक शिक्षामा फड्को मार्न सकिनेछ । शत्रु पराजय हुनुको साथै मित्रको पूर्ण सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा आफ्नो वर्चस्व बढ्नेछ । सताउनेहरू क्षमा माग्न थाल्नेछन् । बौद्धिक तीब्रतामा कुटनैतिक क्षेत्र बलियो हुने र राज्यबाट सम्मान पाउने योगछ । आम्दानीको क्षेत्रमा अपेक्षित सुधार आउनेछ । पढाइमा अरु प्रगति हुनेछ । जोश र जाँगर बढ्नेछ । अधुरा काम पूरा हुनुको साथै नयाँ काम पाउने योग छ । व्यापारमा प्रगति हुनेछ । प्रेम सफल रूपमा अघि बढ्नेछ । वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । आफूबाट टाढिएकाहरू नजिकिन थाल्नेछन् । वैशाख भाद्र, आश्विन, माघमा ठूला काम गरे धेरै सफलता मिल्नेछ । आषाढ, कार्तिक, फाल्गुनमा स्वास्थ्य कमजोर हुने, पारिवारिक समस्या बढ्ने र आर्थिक संकट बढ्न भएकोले संयम रहनुहोला ।

धनु: 

यो वर्ष ग्रह स्थिति मध्यम रहनेछन् । अढैया शनिको प्रभाव रहे पनि वर्षारम्भमा गुरु  सप्तम स्थानमा रहेर पञ्चम दृष्टि एकादशमा राशिमा र तृतीयमा रहने साथै तृतीय राहुले पराक्रम बढाउनुको साथै वैदेशिक कार्यमा सफलता मिल्ने योग छ । व्यापारमा सफलता मिल्नेछ । कूटनीतिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ । छात्रवृत्ति हासिल गरेर विदेश पढ्न जाने अवसर मिल्नेछ । सन्तान नहुनेहरूको लागि सन्तान प्राप्ति हुने योग छ । बोलीको प्रभावमा महत्वपूर्ण व्यक्तिलार्ई आफ्नो वषमा लिँदै अगाडि बढ्न सकिनेछ । नयाँ काममा  सफलता हासिल गर्दै अघि बढ्ने अवसर पनि मिल्नेछ । आम्दानीका अवसरहरू धेरै मिल्नेछन् । प्रेम गर्ने अवसर मिल्नुको साथै वैवाहिक बन्धनमा बाँधिने योग छ । भुलेका विदेशका प्रेम पात्रहरूले क्षमा मागेर पुनर्मिलनको प्रस्ताव राख्नेछन् । सबै काम ज्येष्ठ १८ भित्रै  सुरु गर्नुहोला । ज्येष्ठ १९ देखि बृहस्पति प्रतिकूल हुनेहुँदा एकपछि अर्को समस्याले सताउने, गरेका काममा सफलता नमिल्ने, मन अशान्त भइरहने योग छ । विवाद बढ्ने  सञ्चित धनको नाश हुने, अरुबाट तीब्र आलोचना हुने योग भएकोले संयम हुनुपर्ला । मित्रहरूले धोका दिने परिवारले साथ नदिने भएकोले समस्या अरु जटिल बन्नेछ । दाँत, मुखमा पीडा हुनेछ । अरुको काम धेरै गर्नुपर्ने तर जश नपाउने अवस्था छ । खर्च बढ्ने आम्दानी नहुने तथा झुटा आरोपको सामना गर्नुपर्ने बाध्यताहरू आइपर्नेछन् । स्वास्थ्य निकै कमजोर हुनेछ । व्यापारमा संकट आउने यात्रामा अवरोध आउने र पतिपत्नी बिचमा राम्रो सम्बन्ध नहुने भएकोले मन उदास रहनेछ । सन्तान तथा मातापिता बिचको सम्बन्धसमेत नराम्रो हुने भएकोले सबैतिरबाट एक्लिने अवस्था आउने छ । पढाइमा रुचि पनि देखिन्न। गरेका प्रयासहरू पनि सन्तोषप्रद रहने छैन । शत्रु प्रशस्त मात्रामा बढ्नेछन् । नोकरीमा स्थानान्तरण हुने बलियो सम्भावना छ । राजनीतिमा प्रशस्त संकटको सामना गर्नुपर्नेछ । धर्मतिर मन नजाने र भाग्यले समेत साथ नदिने भएकोले संयम भएर अगाडि बढ्नुपर्ला ।  ज्येष्ठ,  आश्विन, कात्तिक, फाल्गुनमा पराक्रम बढ्ने अधुरा काम बन्ने, धन मनग्य कमाउने अवसर मिल्नेछ । श्रावण, मार्ग, चैत्रमा घरेलु समस्याले सताउने, मन विचलित हुने, प्रतिष्ठामा आँच आउने योग भएकोले गोपनियता अपनाउनु वेस हुनेछ । ॐ नमः शिवाय मृत्युञ्जय महादेवाय नमोऽस्तुते । यो मन्त्रको जप बिहान बिहान गरे केही लाभ मिल्न सक्छ ।

मकर: 

यस बर्ष ग्रह गोचर  मध्यम रहनेछ । शुरुमा छैटौ गुरु द्वितीय राहुका कारण शत्रु बढ्नुको साथै अरुबाट तिब्र आलोचना हुन सक्छ । स्वास्थ्यमा पनि समस्या आउला। ज्येष्ठ १८ देखि सप्तम गुरु र तृतीय शनिको अनुकूलताले पराक्रम बढ्ने गरेका काममा सुधार आउने छ । सन्तानहरूसँगको सम्बन्धमा सुधार आउने भएकोले मनोबल बढ्नेछ। धार्मिक कार्यमा रुचि बढ्ने र व्यापारमा सुधार आउनेछ। पतिपत्नीबीच बिग्रिएको सम्बन्ध राम्रो हुँदै जानेछ । वैदेशिक कार्य सफल हुनेछन् । नोकरीमा आउने अवरोध हटेर जानेछन् । राजनीतिमा आउने समस्या हटेर जानेछन्, पराक्रम बढने क्रम भने यो सालभरि कायम रहने भएकोले मन बलियो बनाएर काम गर्नुहोला । ज्येष्ठ १८ देखि गुरू बलवान हुने कूटनीतिक क्षेत्रमा ठूलो सफलता मिल्ने छ। मंसिर १९ सम्म राहु द्वितीय भावमा, अष्टम केतुको प्रतिकूल प्रभावले गर्दा मित्र तथा परिवारहरूले विनाकारण शंका, उपशंका गर्ने भएकोले संयमित नभए मानसिक तनाव उच्च विन्दुमा पुग्ने र निकट जनहरूसँग त्यहीकारण टाढिनुपर्ने अवस्था आउन सक्छ। घरेलु समस्या घरैमा मिलाउने प्रयास गर्नुहोला । गोपनियतामा सधैँ ध्यान दिनु राम्रो हुनेछ । खानपानमा ध्यान नपुगे पेटको रोग बढ्ने, उच्च रक्तचाप बढ्ने र खर्च धेरै हुने अवस्था आउन सक्छ । झुटा आरोप पनि लाग्नेछ । नोकरीमा पटकपटक स्थानान्तरण हुनुको साथै छुट्ने अवस्थासम्म सिर्जना होला । रोजगारीको लागि निकै भौँतारिनु पर्ला। राजनीतिमा चारतिरबाट आक्रमण हुनेछ । सानो कुराले पनि पद तथा प्रतिष्ठा गुम्न सक्छ । दाजुभाइसँग सम्बन्ध बिग्रनेछ । सहयोगी र सेवकहरू छोडेर जाने धम्की दिन थाल्नेछन् । मार्ग २० गतेदेखि सन्तानसँग सौहाद्रता, पतिपत्नीबिच सुमधुर सम्बन्ध बढ्ने भएकोले खुसी बढ्ने छ । आषाढ, कार्तिक, मार्ग, चैत्र महिनामा गरेका प्रयासहरू सकारात्मक हुने छ । वैशाख, भाद्र, पौषमा धेरै समस्या आउन सक्ने भएकोले महत्वपूर्ण कामहरू आषाढ, मार्ग र चैत्रमा गर्नु राम्रो हुन्छ । ॐ हँ हनुमते रुद्रात्मकाय हुं फट् । यो मन्त्रको जप बिहान बिहान कम्तीमा १०८ गर्नु राम्रो हुनेछ ।

कुम्भ: 

समग्रमा यो वर्ष यो राशिलार्ई खासै राम्रो  रहने छैन । शुरुमा शुरुमा  पञ्चम गुरूको प्रभावले बौद्धिक, कामहरू सफलतापूर्वक अघि बढ्नेछन् । शैक्षिक उन्नति, सन्तान प्राप्ती योग पनि छ । द्वितीय शनिको प्रतिकूल प्रभाव परिरहेको हुँदा विवाद बढ्न सक्छ, बोल्दा विचार पु¥याउनु होला । संयम भएर काम गर्दा राहु, गुरूको अनुकूलताले जोश र जाँगर बढ्नेछ, आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन् । मन बलियो भएकोले अरुको विश्वास जित्न सकिनेछ । आम्दानीका अवसरहरू प्रशस्त प्राप्त हुनेछन् । व्यापारमा सफलता मिल्नेछ । वैदेशिक कार्यमा सफलता मिल्नुको साथै विदेश यात्रा पनि छात्रवृत्ति हासिल गरी पढ्न जाने खालको हुनेछ । कुटनैतिक क्षेत्रमा ऐतिहासिक काम गरेर आफूलार्ई अग्रस्थानमा उभ्याउन सफल हुनुहोला । नोकरीमा पदोन्नतिका साथै लाभप्रद स्थानमा जाने अवसर मिल्नेछ । राजनीतिमा आफ्नो वर्चस्व चारैतिर फैलाउन सफल भई उच्च स्थान हासिल गर्ने अवसर मिल्नेछ । विदेशिएका र भुलेका आफन्तहरूले पुनः याद गर्नेछन् । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने सजिलै अवसर प्राप्त होला । ठूला व्यक्तिको विश्वास पात्र हुने अवसरका साथै राजनीतिक नियुक्तिको सम्भावना बलियो रहनेछ । पतिपत्नीबिच सुमधुर सम्बन्ध हुनेछ । असल मान्छेले प्रेम प्रस्ताव राख्ने र भएको प्रेम वैवाहिक बन्धनमा बाँधिने बलियो सम्भावना छ । महत्वपूर्ण कामहरू बर्षको आरम्भमा गर्दा राम्रो  ज्येष्ठ १८ देखि गुरु छैटौँ श्रावण १५ बाट द्वितीय भावमा वक्र हुने शनिले स्वास्थमा समस्या आउने, आर्थिक कारोबारमा समस्या आउने, काममा अरुले अवरोध सिर्जना गर्न सक्ने भएकोले खानपानमा र अर्थिक कारोबारमा सजग हुनुपर्ला । मर्ग १९ देखि राहु बह्रौमा जाने हुँदा झुटा अरोप लगाएर मुद्दामामिलामा फसाउने प्रयास शत्रुले गर्ने छन्,  गोपनियतामा जोड दिनु उत्तम हुन्छ । बैशाख, श्रावण, मार्ग, पौष महिना राम्रो भएकोले काममा अग्रसर हुनुहोला । ज्येष्ठ, आश्विन, माघ, चैत्र राम्रो नभएकोले महत्वपूर्ण काम यो समयमा नगर्नु उचित होला ।

मीन:

यस बर्ष ग्रह गोचर समग्रमा राम्रो छ । पञ्चम गुरुको नवम एकादश राशिमा पर्नै अनुकूल दृष्टिले भाग्य बलियो हुनुको साथै आर्थिक लाभ प्रयाप्त हुने योग छ । शैक्षिक मार्गमा र बौद्धिक कार्यका बलमा कूटनैतिक र शैक्षिक यात्राको अवसर छ ।  उच्च मनोबल हुने पराक्रम झन बढ्ने हुँदा  अधुरा काम बन्ने नयाँकाम  पाउने छ । नोकारीमा र राजनीतिमा राशिमा एकादशेश शनि सम्मान पनि राम्रा मिल्ला । मर्ग १९  गतेदेखि एकादश  राहुको अनुकूलताले स्वास्थ्य सम्बन्धी कठिनाई घट्नुको साथै अर्थिक  उन्नतिमा  समेत अरु बलियो बनाउनेछ । धार्मिक र सामाजिक कार्यमा ठूलो प्रशंसा  हुनेछ । परिवारको सहयोग पाउँदा काम गर्ने आँट पनि आउने छ, सोचेका सबै काम पुरा हुनेछन् । शत्रुका मुख बन्द हुने छन् । घरजग्गा र सवारी साधन जोड्ने योग पनि छन् । पछाडि कुरा काट्ने  बाध्यताहरूले मित्रता बढाउबन अग्रसर हुने हुँदा  विश्वास लिएर अघि बढ्ने अवसरहरू प्रशस्तै भए पनि सहयात्रामा  उच्च सोच राखेर अघिढ्नु वेश हुनेछ । बर्षारम्भदेखि मार्ग १९ सम्म  कर्मचारीको उच्च ओहोदामा राजनीतिको जिम्वेवारीमा हुनेले कुनै पनि काम गर्दा अरुको विश्वास गरेमा पद प्रतिष्ठामा आँच आउन सक्छ ।  श्रावण १५ गतेदेखि राशिमा शनि बक्र हुँदा समय अलि नराम्रो हुनेछ । व्यापारमा व्यवधान  वैदेशिक कार्यमा उल्झन आउन सक्छ । राज्यको प्रतिनिधित्व गरेर असल काम गर्दा समेत अपजस आउन सक्छ,  विदेश जाने प्रयास गर्दा अलि दौडधुप हुने कुटनैतिक कार्यमा लगनशील भएर काम गर्दा पनि राज्यबाट आफूप्रति शंका होला । संयम भएमा गुरूको अनुकूल दृष्टिले सवै कार्यमा सफलता पाउने सेवामूलक कार्यमा सहज हुने हुँदा त्यतैतिर संलग्न भई काम गर्नुहोला ।  सन्तान प्राप्तिको समेत योग छ । पतिपत्नीबिच सुमधुर र प्रेममा आनन्द हुने भए पनि संंयम हुनुहोला । ज्येष्ठ, भाद्र, पौष, माघमा सूर्यको अनुकूलताले प्रयत्न गर्दा महत्वपूर्ण धेरै काम बन्ने भएकोले राम्रो काममा प्रयत्न गर्दै अग्रसर हुनुहोला । आषाढ, कार्तिक, फाल्गुन प्रतिकूल महिना भएकोले संयम भएर काम गर्नुहोला । ॐ नमः शिवाय ।। यो मन्त्रको जप सधैँ गर्नुहोला । ॐ भास्कराय विद्महे महातेजाय धीमहि तन्नो सूर्यः प्रचोदयात् ।। यो मन्त्र वर्षारम्भदेखि पढ्नुहोला ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…