मोरङ – मोरङको कटहरीस्थित जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र बाँकेको कोहलपुरस्थित यूनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र काभ्रेको बनेपास्थित मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जरका लागि सम्झौता भएको छ।
यसलाई नेपाली लघुवित्त क्षेत्रमा बृहत र ऐतिहासिक मर्जरका रुपमा लिइएको छ। मर्जरसम्बन्धी समझदारी पत्रमा जीवन विकासका अध्यक्ष विक्रमराज सुवेदी, युनिक नेपालका अध्यक्ष शिवबहादुर चौधरी र मानुषी लघुवित्तकी सञ्चालक वीणा श्रेष्ठले हस्ताक्षर गरेको जीवन विकास लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए।
मण्डलका अनुसार लघुवित्तको पुँजीगत आधार सुदृढ बनाउँदै आधुनिक प्रविधिमैत्री वित्तीय सेवा प्रवाह गर्ने र वित्तीय क्षेत्रप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ तीन संस्थाबीच मर्जर सम्झौता भएको हो।
जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मण्डलले मर्जरपछि संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ भएको बताएकाछन्। यससंगै यससंस्थाको केन्द्रीय कार्यालय भने मोरङको कटहरी गाँउपालिका २ मै रहने उनले जानकारी दिए। मण्डलले मर्जर अनुसार युनिक नेपाल र मानुषी लघुवित्तको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गरिने समझदारी भएको छ।
भर्खरै
लोकप्रिय
