खुला आकाशमुनी कट्यो मनोहराका सुकुम्बासीको रात

खुला आकाशमुनी कट्यो मनोहराका सुकुम्बासीको रात
+
-

काठमाडौँ– मनोहरा सुकुम्बासी बस्तीमा आइतबार डोजर चलाइएपछि घरबाहरविहीन भएका सुकुम्बासीहरूले खुला आकामुनी रात कटाएका छन्।

सरकारले बस्तीमा डोजर चलाउनुअघि खाने-बस्नेको व्यवस्था गरिदिने भने पनि मनोहराका सुकुम्बासीहरूले भने कुनै राहत पाएनन्। देशसञ्चारको टीम सोमबार बिहान सुकुम्बासी बस्ती पुग्दा कतिपय यस्ता पनि भेटिए जो सरकारलाई व्यवस्थापन गर्न आग्रह गर्दा सहयोग नपाएको गुनासो गरे।

आधाभन्दा धेरै बस्तीमा डोजर चलाइएपछि बस्ती भग्नावशेषमा परिणत भएको छ। डोजर चलाउन बाँकी रहेका बस्तीमा सोमबार बिहानैदेखि प्रहरीको उपस्थितिमा डोजर चलाइरहेको छ।

निरन्तर डोजर चलेको भए पनि सरकारका प्रतिनिधिहरू पुगेर सहयोगका लागि सोधपुछ गरेको दुई दिन (आइतबार-सोमबार)नै पाइएन। यसअघि सरकारले सामान लैजान गाडी पठाउने, बस्ने व्यवस्था नभएकाहरूलाई खानेबस्नेको व्यवस्थापन गर्ने भनेको भएपनि त्यस प्रकारको सहयोग नपाएको सनकुमार खनालले बताए।

रातभर बाहिर बस्दा बस्दै पनि कतिपय सामानहरू चोरी भएको उनीहरूले गुनासो पनि गरेका छन्।

तस्बिरहरू

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…