सडक दुर्घटनाः किन सामान्य बनाउन थालियो जीवनको क्षति?

सडक दुर्घटनाः किन सामान्य बनाउन थालियो जीवनको क्षति?
+
-
देशसञ्चार AI सारांश
  • भासुको भीरमा गाडी खसेको सन्दर्भमा अमृत सेढाईको भनाइ दशैँसँगै दशा आउँछ भन्ने ताजगी सम्झना हो।
  • नेपालमा सडक र हवाई दुर्घटनामा हरेक वर्ष सयौँ मानिस मृत्युन्छन्, तर समिति र रिपोर्टले धेरै फरक ल्याउँदैनन्।
  • जीप दुर्घटनामा २० जनाको मृत्यु भएको, तर उचित चर्चानबग्र कुनै संस्था र निकायले बलियो आवाज उठाएनन्।

काठमाडौँ- दशैँसँगै दशा आउँछ भनेर अमृत सेढाईले भनेको कुरा अझै पनि दिमागमा उत्तिकै ताजा रुपमा बसेको छ । भासुको भीरमा खसेको गाडीको सन्दर्भ कोट्याउँदै त्यहाँका स्थानीय सेढाइले भनेका थिए ।  उनी डोटी जिल्लाको सदरमुकाम दिपायलमा बस्छन् । उनको कुरा केलाउने मनसाय मेरो निकै अघि बनेको थियो । त्यसको कारण हो दशा भित्रको बहुआयामिक पाटाहरु ।

नेपालमा वर्षैपिच्छे हुने सडक एवम् हवाई दुर्घटनाहरुले सयौँ मानिस मर्छन् । केही दिन बडो मिहिनढंगले त्यसको अध्ययन हुन्छ, समिति बनाइन्छ र प्रतिबेदन निकालिन्छ ।

जुन प्रतिवेदन कुनै कार्यलयका फाइलहरुमा धुलो जमेर बस्छन् र उपलब्धि भन्दा निकै परको यात्रा तय गर्छन् । बिडम्बना, दुर्घटना भइरहन्छ र समितिहरु पनि बनिरहन्छ । यसरी वर्ष बितिरहन्छ र मानिसहरु मरिरहन्छन् ।

केही समय अघि पोखराबाट काठमाण्डौँ आउँदै गरेको गाडी धादिङ जिल्लामा दुर्घटनामा पर्यो र त्रिशुली नदीमा खस्यो । उक्त घटनाका जानकारी एवम् समाचारहरु सन्चारमाध्यममा प्रशस्तै आए ।

ती समाचार ती दुई दिन यसरी आए कि सारा देश र सरोकारवालाहरुको निम्ति एकल सरोकारको विषय थियो दुर्घटना र त्यसको अन्तय । तर, सधैँझैँ यो र त्यो समिति बने तर बिडम्बना कुनै प्रतिबेदनको खोस्टाले केही तात्विक भिन्नता ल्याएन र लाग्यो  सडक दुर्घंटनाको त्यो  अध्यायमा पनि पूर्णविराम ।

हवाईमार्ग, सडकमार्ग, जलमार्ग, रेलमार्ग लगायतका विभिन्न मार्गहरु संसारभरि प्रयोग गरिन्छ । नेपालमा भएका विभिन्न भौगोलिक जटिलता र पूर्वाधारको सुस्त गतिका कारण हामी जलमार्ग र रेलमार्गमा शून्यप्राय छौँ ।

तर, प्रश्न उठ्छ हवाईमार्ग र सडकमार्गको उचित सन्चालन र व्यवस्थापन । देश केवल यी दुईमार्गमा निर्भर छ, समस्या पनि यतै छन् । गत आर्थिक वर्षमा २८ हजार ६ सय ९२ सडक दुर्घटना भएका थिए भने २५ सय ४९ जनाको मृत्यु भएको थियो । विमान दुर्घटना पनि भए जस्तै सौर्य एयरको विमानमा १८ जनाको मृत्यु भयो ।

प्रश्न यो होइन, कुन र्दुघटनामा कति मरे । तर प्रश्न यो हो किन नेपालमा सडक र्दुघटना सामान्य बनाइँदै छ र मान्छेको जीवन यति सस्तो ?

हो, यो सन्दर्भमा कुरा उठ्छ हिजोमात्र भएको जीप दुर्घटनाको जसमा परि २० जनाको मृत्यु भयो । तर, न समाचार संस्थाहरुले यसलाई विमान दुर्घटनालाईझैँ ठाउँ थिए न त सरोकारवाला निकायले बलियो आवाज केही बोले ।

यो ३० दिने सरकारलाई मैले हाल प्रश्न गरिरहेको होइन, तर प्रश्न हो भित्र भित्र जकडिएर बसेको त्यो रिति र थितिलाई जसकारण सामान्यप्राय लाग्न थालेको देखिन्छ सडक दुर्घटना ।

जीप दुर्घटना भनेर हिजोको दुर्घटनालाई भन्दै गर्दा, २१ जना जीपमा किन बसे वा कसरी अँटाए ? सरोकारवाला पक्षले त्यसलाई किन रोकेन ? कि सधैँझैँ चलन चल्तीको बाटो भनेर छतमा पनि मान्छे राखेर यो वर्षाको पूर्वसन्ध्यामा भगवान् दर्शन गर्न गएकालाई परलोक पठाइयो ? यी र यस्ता प्रश्न हरेक पटक कुनै दुर्घटना भएपछिको सरोकार बन्नु वास्तभमै निकै पीडादायी कुरा हो ।

नेपालमा सडकहरु निकै जटिल अवस्थाका छन् । तर, त्यो भन्दा पनि जटिल छ बनेको निति नियम कार्यावनयन गर्ने निकायको सक्रियता । अस्ति मात्रै नयाँ सरकारले राजमार्गको नाम फेर्यो, पूर्व पश्चिमबाट पुन महेन्द्र राजमार्ग ।

अब, बनाउँदै छ पूर्व पश्चिम राजमार्गलाई तीन वर्षभित्र अन्तरराष्ट्रिय स्तरको । यी कामहरु तारिफयोग्य छन् ।

यद्यपि, सस्तो बन्दै गएको जीवनको मुल्य कहिले बढ्ला ? तीर्थ यात्राको नाममा हुने सयौँ जीवनको क्षति कहिले रोकिएला ? यी र यस्ता प्रश्न नै हुन् जस्को उत्तर र समाधानमा लुकेको छ विकास नामक ठाउँको बाटो ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…