अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध

अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध
+
-
देशसञ्चार AI सारांश
  • इजरायलस्थित नेपाली राजदूतावासले अनौपचारिक विप्रेषण कारोबार नगर्न र गराउनेहरूलाई विवरणसहित जानकारी गराउन अनुरोध गरेको छ।
  • सूचना अनुसार, अनौपचारिक विप्रेषण रोक्न गोप्य जानकारी सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था छ।
  • नेपाल सरकारले शासकीय सुधार अन्तर्गत जोखिममा आधारित प्रणाली र स्वचालित पहिचानका लागि कार्यसूची समावेश गरेको छ।

काठमाडौँ- इजरायलस्थित नेपाली राजदूतावासले इजरायल तथा साइप्रसमा रही कोही कसैले पनि अनौपचारिक रूपमा विप्रेषणको काम, कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ ।

त्यहाँस्थित दूतावासले बुधबार सूचना जारी गरी इजरायल तथा साइप्रसमा रही कसैले त्यस्तो काम कारोबार गरेको भए त्यस्तो कार्य गर्ने, गराउनेको विवरण प्रमाणसहित राजदूतवासमा जानकारी गराउन आग्रहसमेत गरेको छ । यसले अनौपचारिक रूपमा हुने विप्रेषणलाई रोक्ने कार्यमा सहयोग पुग्ने दूतावासको अपेक्षा छ ।

सूचनामा भनिएको छ, “सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम कारोबार (हुण्डी) गरेका वा सङ्कलित रकम नेपाल नपठाएको गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट पठाउनुपर्ने व्यवस्था भएबमोजिम राजदूतावासले सोसम्बन्धी सूचना राजदूतावासमा उपलब्ध गराउन समय समयमा सूचना प्रकाशित गर्दै आएको छ ।’

नेपाल सरकार (मन्त्रिपरिषद्) ले गत चैत १३ मा स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीको बुँदा नं ४५ मा एकीकृत ‘डिजिटल’ सम्पत्ति दर्ता प्रणालीको स्थापना गर्ने, जोखिममा आधारित संकेत्त प्रणाली लागू गर्ने तथा सन्देहात्मक कारोबारको स्वचालित पहिचान गरी सम्बन्धित निकायमार्फत अनुसन्धान प्रक्रिया अगाडि बढाउने उल्लेख भएको दूतावासको उल्लेख गरेको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…