ग्रिनकार्डका लागि ट्रम्प प्रशासनको नयाँ नीति, अब प्रक्रिया पुरा गर्न आफ्नै देश फर्किनुपर्ने

ग्रिनकार्डका लागि ट्रम्प प्रशासनको नयाँ नीति, अब प्रक्रिया पुरा गर्न आफ्नै देश फर्किनुपर्ने
+
-
देशसञ्चार AI सारांश
  • नयाँ नीतिअनुसार अधिकांश अस्थायी भिसाधारीहरूले ग्रीन कार्ड आवेदनका लागि आफू बसेको देश फर्किनुपर्ने भएको छ।
  • यो व्यवस्थाले अमेरिका भित्रै बसेर स्थायी बसोबास प्रक्रिया अघि बढाइरहेका लाखौं अस्थायी कामदारहरूलाई प्रत्यक्ष असर पार्न सक्छ।
  • आप्रवासन वकिलहरूका अनुसार, यो नीति गैरकानुनी छ र अदालतले चाँडै यसलाई रोक्ने अपेक्षा गरिएको छ।

काठमाडौँ– ट्रम्प प्रशासनले शुक्रबार नयाँ नीति जारी गर्दै अमेरिकामा बसिरहेका अधिकांश अस्थायी भिसाधारी र ‘ह्युमेनेटेरियन प्यारोल’ पाएका व्यक्तिहरूलाई ग्रीन कार्ड आवेदन प्रक्रिया पूरा गर्न आफ्नै देश फर्किनुपर्ने व्यवस्था गरेको छ। नयाँ नीतिले ग्रीन कार्डका लागि आवेदन दिने अधिकांश आप्रवासीले अमेरिकाभित्रबाट स्थिति समायोजन गर्नुको सट्टा अब आफ्नै देशबाट कन्सुलर प्रक्रिया अपनाउनुपर्ने जनाएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस) ले ट्रम्प प्रशासनको कडा आप्रवासन अभियानअन्तर्गत जारी गरेको उक्त नीतिगत मेमोमा अमेरिकाभित्रबाट गरिने ‘एडजस्टमेन्ट अफ स्टाटस’ अर्थात् भिसा स्थिति परिवर्तन गरी ग्रीन कार्ड लिन खोज्ने आवेदनलाई ‘असाधारण प्रकारको राहत’ का रूपमा लिन निर्देशन दिइएको हो। अर्थात असाधारण बाहेकको अवस्थामा अब ग्रिनकार्डका लागि स्वदेश फर्किनु पर्ने बाध्यात्मक अवस्था सिर्जना गरिएको छ।

युएससीआइएसका प्रवक्ता ज्याक कहलरले एक वक्तव्यमा भने, ‘हामी कानुनको मूल उद्देश्यतर्फ फर्किरहेका छौं, ताकि विदेशी नागरिकहरूले अमेरिकाको आप्रवासन प्रणाली सही प्रक्रियाबाट प्रयोग गरून्। अबदेखि अमेरिकामा अस्थायी रूपमा रहेका कुनै विदेशी नागरिकले ग्रीन कार्ड चाहेको खण्डमा, विशेष असाधारण परिस्थिति बाहेक, आफ्नो देश फर्केर आवेदन दिनुपर्ने छ।’

आप्रवासन कानुन व्यवसायीहरूले यो नयाँ नीतिले अमेरिकाभित्रै बसेर स्थायी बसोबास (पर्मानेन्ट रेसीडेन्सी) प्रक्रिया अगाडि बढाइरहेका लाखौं अस्थायी कामदार भिसाधारीहरूलाई अब प्रत्यक्ष असर पार्न सक्छ। न्युयोर्ककी आप्रवासन वकिल रोजाना बेरार्डीका अनुसार, यो नीतिले अमेरिकाभित्र ग्रीन कार्ड आवेदन दिएका सबै विदेशी नागरिकहरूलाई असर पार्ने छ, जसमा कानुनी रूपमा काम गरिरहेका कामदार र मानवीय प्यारोल पाएका व्यक्तिहरू पनि पर्छन्।

उनले भनिन्, ‘अमेरिकी सेनालाई सहयोग गरेका अफगानीहरू र युद्धबाट भागेका युक्रेनीहरू विशेष समस्यामा पर्नेछन्। किनभने यो मेमोले उनीहरूले अमेरिकाभित्रै ग्रीन कार्ड आवेदन दिएको कुरालाई नकारात्मक रूपमा हेर्छ, जबकि उनीहरूको प्रवेश अस्थायी आधारमा भएको थियो। उनीहरूमध्ये धेरैसँग फर्किन सुरक्षित ठाउँसमेत छैन।’

आप्रवासन वकिल टोड पोमेर्लोका अनुसार, अमेरिकी आप्रवासन तथा नागरिकता ऐन (इमिग्रेसन एन्ड नेशनालिटी याक्ट) ले कानुनी रूपमा अमेरिका प्रवेश गरेका व्यक्तिहरूलाई अमेरिकाभित्रै आफ्नो स्थिति परिवर्तन गरेर ग्रीन कार्ड लिन अनुमति दिन्छ। उनले भने, ‘कलमको एक स्ट्रोकले कानुन उल्टाउन सकिँदैन। मेरो विचारमा यो नीति गैरकानुनी छ, र अदालतले यसलाई चाँडै रोक्नेछ।’

अमेरिकन इमिग्रेशन लयर्स एसोसिएसनकी वरिष्ठ सरकारी निर्देशक शेभ डालाल-धेइनीले अमेरिकी कंग्रेसले परिवार छुट्टिन नपरोस् र अमेरिकी कम्पनीहरूले भिसा प्रक्रियाको ढिलाइका बेला आफ्ना कर्मचारी गुमाउन नपरोस् भनेर अमेरिकाभित्रैबाट ग्रीन कार्ड आवेदन गर्ने व्यवस्था बनाएको थियो। उनले भनिन्, ‘१९५० दशकदेखि नै कंग्रेसले गैर-आप्रवासीहरूलाई अमेरिकाभित्रै आफ्नो स्थिति परिवर्तन गरी ग्रीन कार्ड लिन अनुमति दिएको छ, र समयसँगै योग्य व्यक्तिहरूको दायरा अझ विस्तार गरिएको छ। यो कानुनी व्यवस्था दशकौंदेखि स्थिर रूपमा चलिरहेको छ।’

उनका अनुसार प्रशासनको यो निर्णयले अपराधीहरूमाथि कारबाही गर्ने कुरा त गर्छ, तर अर्कोतर्फ कानुन पालना गर्न खोजिरहेका मानिसहरूको प्रक्रिया नै उल्ट्याइरहेको छ। यी व्यक्तिहरू कानुनी रूपमा अमेरिका आएका वा कानुनी रूपमा प्रवेश पाएका थिए, तर अब कुनै पूर्वसूचना बिना एउटा नीति मेमोमार्फत उनीहरूको जीवन र प्रक्रिया नै अस्तव्यस्त बनाइँदै छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…