पैसाको अभाव देखाउँदै निजी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम कटौती

पैसाको अभाव देखाउँदै निजी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम कटौती
+
-
देशसञ्चार AI सारांश
  • सरकारले वित्तीय संकटका कारण निजी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम आकस्मिक सेवामा मात्र सीमित गरेको छ।
  • स्वास्थ्य विमा बोर्डको निर्णयसँगै निजी अस्पतालमा ओपिडी, परीक्षण, शल्यक्रिया जस्ता सेवामा विमा सुविधा प्रभावित हुनेछ।
  • वित्तीय संकटकै समयमा सरकारले कर्मचारीको तलब वृद्धि गर्न तयारी गरेको बताइएको छ।

काठमाडौँ– सरकारले पैसाको अभाव देखाउँदै निजी अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम कटौती गरेको छ।

विमा सेवामा वित्तिय संकट देखिएको भन्दै विमा बोर्डको जेठ ११ गते बसेको बैठकले निजी अस्पतालमा विमा कार्यक्रम कटौती गरेको हो। अब निजी अवस्पतामा आकस्मिक सेवामा मात्र विमाको सुविधा पाइने भएको छ।

अन्य सेवामा भने अब विमा सुविधा नपाइने बोर्डले बुधबार सूचना जारी गरेर जानकारी दिएको छ। ‘स्वास्थ्य विमा बोर्डको बढ्दो वित्तिय संकटलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्म निजी अस्पतालबाट दिइँदै आइएको विमा कार्यक्रम आकास्मिकबाहेकमा स्थगित गरिएको छ’, सूचनामा भनिएको छ।

यो निर्णयसँगै सयौं निजी अस्पताल, मेडिकल कलेजबाट विमित नागरिकले पाउँदै आएको ओपिडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने भएको छ।

नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउने उदेश्यले विमा कार्यक्रम सञ्चालनमा ल्याएको भए अहिले यस कार्यक्रमले आर्थिक संकट व्यहोरिरहेको छ। सरकारी अस्पतालमासमेत विमाबापतको सेवा बेलाबेलामा बन्द हुने गरेको छ।

तर चर्को दबाबपछि सरकारले कार्यक्रम पुन:सुचारी गर्ने गरेको छ।

यता स्वास्थ्य विमा कार्यक्रम संकटतर्फ धकेलिरहेको समयमा सरकारले भने कर्मचारीको तलब वृद्धि गर्ने गरी तयारी गरेको छ।

यो पनि पढ्नुहोस्

स्वास्थ्य बीमाले गर्यो औषधि कटौती, अब १७० किसिमका मात्रै पाइने

स्वास्थ्य बीमाले गर्यो औषधि कटौती, अब १७० किसिमका मात्रै पाइने

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…