यार्सागुम्बा संकलनका लागि आजदेखि वन खुला

यार्सागुम्बा संकलनका लागि आजदेखि वन खुला
+
-
देशसञ्चार AI सारांश
  • मुगुम कार्मारोङ गाउँपालिकाले आजदेखि वन प्रवेश अनुमति दिएर यार्सागुम्बा संकलन सुरु गरेको छ।
  • बाहिरबाट आउने संकलनकर्ताका लागि २,५०० र भित्रकाका लागि २,००० रुपैयाँ वन प्रवेश शुल्क निर्धारण गरिएको छ।
  • यार्सागुम्बा संकलनले हिमाली क्षेत्रका स्थानीयवासीको मौसमी आम्दानीमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको गाउँपालिकाको भनाइ छ।

मुगु – मुगुम कार्मारोङ गाउँपालिकाले बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि आजदेखि वन प्रवेश खुला गरेको छ। गाउँपालिकाले जेठ १३ गतेदेखि असार १३ गतेसम्मका लागि यार्सा संकलन अनुमति प्रदान गर्ने जनाएको हो।

गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा का अनुसार यार्सागुम्बा संकलनका लागि आवश्यक ‘छोडपुर्जी’ वितरण कार्य आजदेखि सुरु गरिएको छ। जिल्ला बाहिरबाट आउने संकलनकर्ताका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तथा जिल्ला भित्रकाका लागि २ हजार रुपैयाँ वन प्रवेश शुल्क तोकिएको उनले बताए।

गाउँपालिकाका अनुसार छापाखोला, रिमार, तल्लो कुईकी, माथिल्लो कुईकी, छुगाेल्डुङ, हाङ्दाङखोला र माजिङथान लगायतका उच्च हिमाली क्षेत्र यार्सागुम्बा पाइने मुख्य पाटनका रूपमा परिचित छन्। यी क्षेत्रलाई यार्सागुम्बा संकलनका लागि उर्वरभूमि मानिन्छ।

हरेक वर्ष मुगुसहित हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट तथा सुर्खेत लगायत जिल्लाबाट ठूलो संख्यामा संकलनकर्ता यार्सा टिप्न मुगु पुग्ने गरेका छन्। यार्सा संकलन सुरु भएसँगै हिमाली बस्ती तथा पाटन क्षेत्रमा चहलपहल बढेको स्थानीयले बताएका छन्।

गाउँपालिकाले ‘छोडपुर्जी’ प्रणालीमार्फत अनुमति वितरण गर्दै आएको छ। उक्त प्रणालीबाट हरेक वर्ष लाखौं रुपैयाँ राजस्व संकलन हुने गरेको गाउँपालिकाको भनाइ छ। यार्सागुम्बा संकलनबाट स्थानीयवासीले मौसमी आम्दानी गर्ने भएकाले यसले हिमाली क्षेत्रको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…