स्वास्थ्य मन्त्रालयमा १८०८ पुल दरबन्दी स्वीकृत, छिट्टै लोक सेवा खुल्ने

स्वास्थ्य मन्त्रालयमा १८०८ पुल दरबन्दी स्वीकृत, छिट्टै लोक सेवा खुल्ने
+
-
देशसञ्चार AI सारांश
  • भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापनलाई स्वीकृत गरेको छ।
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अब कुल १८०८ दरबन्दीका लागि लोक सेवा आयोगमार्फत पदपूर्ति प्रक्रिया सुरु गरिने जनाएको छ।
  • नयाँ संरचनामा विशेषज्ञ चिकित्सकहरूको दरबन्दी वृद्धि भएपछि संघीय अस्पतालहरूमा उपचार सेवा विस्तार हुने विश्वास गरिएको छ।

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गरेको छ।

मन्त्रालयले संघीय पुल अन्तर्गत कूल १ हजार ८ सय ८ दरबन्दी स्वीकृत गरी स्वास्थ्य मन्त्रालयमा पठाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत दरबन्दीका आधारमा अब छिट्टै लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने जनाएको छ।

हाल कायम रहेको ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थपिएपछि मन्त्रालयको कूल दरबन्दी संख्या १८०८ पुगेको हो। स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार संघीय स्तरमा विशेषज्ञ स्वास्थ्य सेवा सुदृढ गर्न तथा सेवाको पहुँच विस्तार गर्न नयाँ संरचनामा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दी उल्लेखनीय रूपमा वृद्धि गरिएको छ।

मन्त्रालयले यो स्वीकृत दरबन्दी ‘संघीय पुल दरबन्दी’को संरचना मात्र भएको स्पष्ट पारेको छ। सिएमए, अहेब, अनमीलगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको दरबन्दी भने निकट भविष्यमै प्रदेश र स्थानीय तहहरूमा ठूलो संख्यामा खुला गरिने सचिवालयले जनाएको छ।

स्वास्थ्य क्षेत्रमा लामो समयदेखि जनशक्ति अभाव रहँदै आएको अवस्थामा नयाँ ओएनएम स्वीकृत भएसँगै सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्तिको संख्या वृद्धि हुँदा संघीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार सेवा विस्तार र गुणस्तर सुधारमा समेत सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…