हुम्लाबाट सुर्खेत जाने गाडीलाई सन्तुलन मिलाउनै कठिन

हुम्लाबाट सुर्खेत जाने गाडीलाई सन्तुलन मिलाउनै कठिन
+
-

हुम्ला – कर्णाली करिडोरको हुम्ला सदरमुकाम सिमकोटदेखि कालिकोटको खुलालुसम्मको कच्ची सडकमा खाली गाडीलाई माटो र ढुङ्गो भरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

यो खण्डको सडकमा यातायातका साधन गुड्दा खाल्डाखुल्डीमा सन्तुलन मिलाउन ती खाली गाडीमा माटो र ढुङ्गा भर्नुपरेको हो।

हुम्लाको सदरमुकाम सिमकोटबाट कालीकोटको खुलालुसम्मको १७४ किलोमिटर कच्ची सडक निकै खाल्डाखुल्डी भएकाले खाली गाडी गुडाउन कठिन हुने भएपछि गाडीमा माटो र ढुङ्गा भर्नुपर्ने बाध्यता रहेको टिपर चालक कलबहादुर मगरले जानकारी दिए।

हुम्लाबाट फिर्ता हुने अधिकांश ठूला सवारी साधन रित्तै फर्कनुपर्ने हुन्छ। सुर्खेतबाट सत्तरी क्वीन्टल सामान लोड गरेर सिमकोट ढुवानी गरेका ट्रक चालक बुढाले फिर्ता हुँदा भने माटो भरेपछि मात्र अगाडि बढ्न सकिएको बताए।

हुम्लाबाट फिर्ता जाने यातायातका साधनका लागि हुम्लामा स्थानीय रैथाने बालीदेखि जडीबुटी र फलफूल उत्पादन गर्नुपर्ने अवस्था आएको सर्केगार्ड गाउँपालिका– ३ का वडाध्यक्ष अकिल कार्कीले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…