मिल्स गोल्डकपको उपाधि विराटनगरको टिडब्लुसीवाईलाई, कोशी प्रदेश प्रहरी कार्यालय २ शून्यले पराजित

मिल्स गोल्डकपको उपाधि विराटनगरको टिडब्लुसीवाईलाई, कोशी प्रदेश प्रहरी कार्यालय २ शून्यले पराजित
+
-
देशसञ्चार AI सारांश
  • मिल्स गोल्डकपको छैटौं संस्करणको उपाधि जित्दै टिडब्लुसी वाईले कोशी प्रदेश प्रहरी कार्यालयलाई २–० ले पराजित गर्‍याे।
  • टिडब्लुसी वाईले उपाधिसँगै २ लाख १ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले १ लाख १ हजार जित्यो।
  • फाइनलमा अभिषेक लिम्बू र भुवन बस्नेतले गोल गर्दा उत्कृष्ट खेलाडीमा प्रवेश बस्नेत घोषित भए।

माेरङ –  मिल्स गोल्डकपको छैटाैँ संस्करणको उपाधि विराटनगरको टिडब्लुसी वाईले हात पारेको छ।

विराटनगरको जुट मिलस्थित मैदानमा आइतबार सम्पन्न उपाधि भिडन्तमा रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालयलाई २ शून्यले स्तब्ध बनाउँदै टिडब्लुसीवाईले उपाधि हात पारेको हो।

उपाधिसँगै टिडब्लूसीवाईले २ लाख १ हजार रुपैयाँ हात पारेको छ। त्यसैगरि, उपविजेतामा सीमित बनेको प्रदेश प्रहरी कार्यालयको टोली १ लाख १ हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ। टिडब्लुसी वाईको जितमा भुवन बस्नेत र अभिषेक लिम्बूले समान एक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

उनले दोर्जे तामाङको पासलाई सही रुपमा सदुपयोग गरेका थिए। त्यसैगरि, खेलको ६६ औं मिनेटमा अभिषेक लिम्बूले हेडमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित बनाएका थिए। फाइनलको ‘प्लेयर अफ द म्याच’ प्रदेश प्रहरी कार्यालयका सुमित प्रधान घोषित भए।

गोल्डकपको उदयीमान खेलाडीमा लालीगुराँस स्पोर्टिङ क्लबका अभिराम घोषित भए। त्यसैगरि, सर्वोत्कृष्ट खेलाडीमा विराटनगरका प्रवेश बस्नेत घोषित भए। अन्य विधातर्फ विराटनगरका पूर्ण च्याम्जुङ उत्कृष्ट गोलकिपर, विरु गुरुङ उत्कृष्ट प्रशिक्षक र अमृत मिश्रा सर्वाधिक गोलकर्ता घोषित भए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…