काठमाडौँ– नेकपा एमलेले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएको छ।
आइतबारको संसद बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति अत्यन्त खेदजनक, गैरजिम्मेवार र राष्ट्रहितविपरीत कार्य रहेको एमलेको ठहर छ।
सोमबार महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै हरेक तथ्यले नेपालले भारतको भूमि मिचेको नदेखाउने भन्दै एक इन्च भूमि कसैलाई छाड्न नसकिने र प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने माग गरेका छन्। ‘नेपालको एक इन्च भूमि पनि कसैलाई छोड्न नसकिने अडानमा सिंगो देश अडिग छ। प्रधानमन्त्री शाहले आफ्नो राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल संसद् र आमनेपाली जनतासँग माफी माग्दै कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ’, विज्ञप्तिमार्फत पोखरेलले भनेका छन्।
शाहको भनाइ अक्षम्य कूटनीतिक त्रुटि रहेको एमालेको ठहर रहेको छ।
विज्ञप्ति–


भर्खरै
लोकप्रिय
