अ
+
अ
अ
-
काठमाडौँ– सिंहदरबार बाहिर प्रदर्शन गर्न पुगेका कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका छ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।
आइतबार संसदमा प्रधामन्त्री वालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि त्यसको विरुद्धमा नेविसंघले सोमबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो।
प्रदर्शनकाक्रममा राजकुमार बस्नेत, अुर्जन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
कांग्रेसका कार्यबहाक मुख्यसचिव कृष्णप्रसाद दुलाले पक्राउ परेको विषय जानकारी गराउँदै ध्यानाकर्षण भएको बताएका छन्। ‘गिरफ्तार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्ति जारी गरेर दुलालले भनेका छन्।
पक्राउ परेका विद्यार्थी नेताहरुलाई अविलम्व रिहाई गर्न कांग्रेसले सरकारसँग माग गरेको छ।
भर्खरै
लोकप्रिय
