अ
+
अ
अ
-
जुम्ला- जुम्लामा भालुको आक्रमणबाट आठ भेडा मरेका छन् । गुठीचौर गाउँपालिका– ४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणमा परी सोमबार आठ भेडा मरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिकराम खनालले जानकारी दिए ।
स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीका भेडा भालुले मारेको हो । रातिको समयमा गोठमा रोखेका भेडाको बथानमा भालु पसेर आक्रमण गरेको प्रहरीको जानकारी आएको सूचना अधिकारी खनालको भनाइ छ ।
यस्तै, पाँच भेडा हालसम्म सम्पर्क आउन सकेका छैनन् । भेडाका बथानमा २९ वटा भेडा भने सकुशल रहेका छन् । रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिभेडाको न्यूनतम मूल्य १८ हजार पर्ने भएकाले आठ वटा भेडा मर्दा करिब दुई लाख रुपैयाँको नोक्सानी भएको भेडापालक किसान अधिकारीको भनाइ छ ।
भर्खरै
लोकप्रिय
