सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति श्रम संस्कृतिको आपत्ति, तत्काल राजीनामा दिन माग

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति श्रम संस्कृतिको आपत्ति, तत्काल राजीनामा दिन माग
+
-
देशसञ्चार AI सारांश
  • श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत-नेपाल सीमा विषयक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा माग गरेको छ।

  • नेता सन्तोष राईले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको प्रतिष्ठा र स्वाभिमानी नागरिकको आत्मसम्मानमा धक्का पुर्‍याएको बताए।

  • प्रधानमन्त्री शाहको बयानलाई लिएर विपक्षी दलहरूले संघीय संसदको बैठकमा अवरोध गर्दै विरोध जनाइरहेका छन्।

काठमाडौँ- श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल-भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री शाहको राजीनामा माग गरेको छ ।

मंगलबार काठमाडौँको शान्तीबाटिकामा खबरदारी सभाको आयोजना गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री शाहको राजीनामा माग गरेको हो ।

खबरदारी सभामा बोल्दै नेता सन्तोष राईले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएर सम्पूर्ण नेपाली नागरिकको भावना चोट पुर्‍याएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीको सीमासम्बन्धी उक्त अभिव्यक्तिले सार्वभौम राष्ट्र नेपालको प्रतिष्ठामा धक्का पुग्नुका साथै स्वाभिमानी नेपाली नागरिकको आत्मसम्मानमा चोट पुगेको भन्दै भर्सना गरे ।

राईले काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राख्ने र प्रधानमन्त्री बनेपछि नेपालको भूमि र सीमासम्बन्धी फरक धारणा सार्वजनिक गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी गरे । उनले प्रधानमन्त्री साहको अभव्यिक्ति राष्ट्रिय हित र स्वाभिमानमाथि प्रहार भएको भन्दै सार्वजनिक रूपमा माफी माग्न वा राजीनामा दिन आग्रह समेत गरे ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सम्मानित सदनमा नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिएको अभिव्यक्तिको घोर भत्र्सना गर्नको लागि यहाँ आएका छौँ । उहाँलाई सुध्रिनको लागि ध्यानाकर्षण गराउनको लागि पनि हामी यहाँ आएका हौँ । उहाँले सीमासम्बन्धी दिएको अभिव्यक्तिले सारा नेपाली रुष्ट हुनुका साथै सार्वभौम नेपालीको शीर निहुरिएको अवस्था छ । काठमाडौं महानगरको मेयर भएको समयमा ग्रेटर नेपालको नक्शा कार्यकक्षमा राख्ने, अनि प्रधानमन्त्री भइसकेपछि चाँही नेपाल नै भारतलाई बुझाउने जस्तो जुन कुरा गर्नुभएको छ त्यसमा हाम्रो घोर आपत्ति छ । किनभने नेपाल सार्वभौमिक राष्ट्र हो । त्यसकारण सार्वभौम नेपाली नागरिकको प्रतिष्ठा र सम्मानमा उहाँले ठुलो झापड हान्नु भएको छ । उहाँले जुन ठाउँमा यो अभिव्यक्ति दिनुभएको हो त्यही ठाउँमा गएर आम नागयरिकसमक्ष राजीनामा दिनुपर्छ । यदि त्यसो गर्न सक्नुहुन्न भने राजीनामा दिनुपर्छ ।’

प्रधामनमन्त्री शाहले प्रतिनिधि सभाको आईतवारको बैठकलाई सम्बोधन गर्दै भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिएका थिए । यही विषयलाई लिएर विपक्षी दलहरुले संघीय संसदको बैठकमा अवरोध गर्दै आएका छन् ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…