अ
+
अ
अ
-
जनकपुरधाम – धनुषा जिल्ला अदालतअगाडि मिटरब्याज पीडितले धर्ना दिएका छन्।
मिथिला कमाण्डका अध्यक्ष मोहन महतोको नेतृत्वमा मंगलबार मिटरब्याज किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा, महासचिव मनोज पासमान, धनुषा जिल्ला अध्यक्ष शम्भु शाहलगायत करिब पाँच सय जनाले धर्ना दिएका हुन्।
‘कालो कोटे होसियार’, ‘मिटरब्याजी साहुलाई कारबाही गर’, ‘फर्जी तमसुक खारेज गर’ ‘अदालत, प्रहरी, प्रशासनको दमन बन्द गर’, ‘अदालतको एकलौटी फैसलाको आधारमा पक्राउ गर्न पाइँदैन’जस्ता नारा लगाउँदै उनीहरू जनकपुरधाम उपमहानगरपालिका–४ स्थित मण्डल कुटीको प्राङ्गणबाट अदालततर्फ निस्केका थिए।
जिल्ला अदालत तथा उच्च अदालत प्रवेशको बाटोमा प्रहरीले ब्यारिकेट लगाएका कारण भित्र प्रवेश गर्न नसकेपछि बाहिरै उनीहरुले नाराबाजी गर्दै धर्नामा बसेका हुन्।
भर्खरै
लोकप्रिय
