क्लासिक टेकविरुद्ध उपभोक्ता अदालतमा मुद्दा दायर, १० लाख रुपैयाँ क्षतिपूर्ति माग

क्लासिक टेकविरुद्ध उपभोक्ता अदालतमा मुद्दा दायर, १० लाख रुपैयाँ क्षतिपूर्ति माग
+
-
देशसञ्चार AI सारांश
  • इन्टरनेट सेवा प्रदायक क्लासिक टेकविरुद्ध १० लाख रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै काठमाडौँको उपभोक्ता अदालतमा मुद्दा दायर गरिएको छ।
  • ग्राहकहरूले ४१ दिनसम्म इन्टरनेट समस्याको समाधान नभएपछि कानुनी उपचार खोजिएको र क्लासिक टेकले गैरव्यावसायिक र अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन्।
  • पीडितले क्लासिक टेकले झूठा सूचना सम्प्रेषण र उपभोक्ता ठगी गरेको दाबी गर्दै उपभोक्ता अधिकारको खण्डन भएको बताएका छन्।

काठमाडौँ-  लामो समयसम्म इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि समस्या समाधान नगरेको र ग्राहकलाई मानसिक तनाव दिएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनी ‘क्लासिक टेक’ विरुद्ध उपभोक्ता अदालतमा मुद्दा दायर गरिएको छ।

काठमाडौँको त्रिपुरेश्वरस्थित उपभोक्ता अदालतमा मंगलबार कम्पनीविरुद्ध १० लाख रुपैयाँ क्षतिपूर्ति माग दाबी गर्दै फिरादपत्र दर्ता गरिएको हो।

कम्पनीले ४१ दिनसम्म पनि आफ्नो इन्टरनेट सेवामा देखिएको समस्या समाधान नगरेपछि बाध्य भएर कानुनी उपचार खोजिएको पीडित ग्राहकले बताएका छन्।

फिरादपत्रमा क्लासिक टेक र उसका कर्मचारीहरूले ग्राहकको गुनासोलाई वेवास्ता गर्दै लापरवाही, गैरव्यावसायिक व्यवहार, अपहेलना र अपमान गरेको उल्लेख छ। इन्टरनेट अवरुद्ध हुँदा नेपालको संविधानको धारा २७ (सञ्चार र सूचनाको हक) बाट वञ्चित हुनु परेको, धारा १६ (सम्मानपूर्वक बाँच्न पाउने अधिकार) र धारा १७ (अभिव्यक्ति स्वतन्त्रता) मा दखल पुगेको दाबी गरिएको छ।

उपभोक्ता संरक्षण ऐनद्वारा प्रत्याभूत गुणस्तरीय सेवा पाउने अधिकारको उल्लङ्घन भएको र सम्झौता पालना हुनुपर्ने कानुनी सिद्धान्तविपरित कम्पनीले झूठा तथा भ्रामक सूचना सम्प्रेषण गरी ग्राहक ठगी गरेको आरोप पनि लगाइएको छ।

पीडित उपभोक्ता शिवप्रकाशले दिएको विस्तृत जानकारी अनुसार सन्तोष पौडेलको नाममा जडान भएको उक्त इन्टरनेटका लागि गत अप्रिल १४, २०२६ मा थप एक वर्षका लागि बैंकिङ माध्यमबाट करिब ६ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। तर, अप्रिल २२ को रातिदेखि नै इन्टरनेट बिग्रियो।

इन्टरनेट बिग्रिएपछि कम्पनीको आधिकारिक ह्वाट्सएप र फोनमा पटक-पटक तागेता गर्दा पनि प्राविधिकहरूले बिजुलीको पोल सारेको, अर्को कम्पनीले तार काटेको भन्दै पन्छाउने काम गरे। पीडित ग्राहकका अनुसार हरेक पटक फोन गर्दा फरक-फरक व्यक्तिले फोन उठाउने, ५-७ मिनेटसम्म होल्डमा राखेर फोन काटिदिने जस्ता अपहेलनापूर्ण व्यवहार गरियो।

पीडित ग्राहकले यसबारे जानकारी गराउँदा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले कम्पनीका विरुद्ध धेरै उजुरी परेको भन्दै समस्या समाधानको पहलका लागि आश्वासन दिए पनि कुनै समाधान भएन। नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेको रोहबरमा प्राधिकरणको कार्यकक्षमै जेठ ८ गते दुवै पक्षबीच छलफल भएको थियो। छलफलमा ग्राहकले सेवा अवरुद्ध हुँदा डाटा किनेर चलाउनु परेको, अमेरिकामा रहेकी गर्भवती बुहारी र आफन्तसँग सम्पर्क टुट्दा सास्ती खेप्नु परेको भन्दै १० हजार रुपैयाँ क्षतिपूर्ति माग गर्दा क्लासिक टेकका प्रतिनिधि सुशीलसिंह थापाले ‘कम्पनीमा क्षतिपूर्ति दिने नीति नै नभएको’ भन्दै अस्वीकार गरे।

हेलो सरकार र सञ्चार मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालबाट ‘गुनासो सम्बोधन भइसकेको’ इमेल र मेसेज आए पनि हालसम्म इन्टरनेट सेवा सुचारु नभएको र समस्या जस्ताको तस्तै रहेको पीडितले जानकारी दिएका छन्।

क्लासिक टेकका कर्मचारीहरूले आर्थिक अनुशासन समेत मिचेको दाबी पीडितको छ। कतैबाट पनि सुनुवाइ र न्याय नपाएपछि अन्ततः उपभोक्ता अधिकार स्थापित गर्न र कम्पनीको मनपरीविरुद्ध अदालतको ढोका ढकढक्याउनु परेको पीडितले बताएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…