एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
+
-

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा श्री अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।

जेठ १८ गते सम्पन्न बैंकको २८औँ वार्षिक साधारण सभाले उनलाई संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको हो।

सञ्चालक समितिमा निर्वाचित भएसँगै समितिको बैठकले अग्रवाललाई आगामी चार वर्षको कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरिसकेका छन्।

नवनियुक्त अध्यक्ष अग्रवालसँग नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र, बीमा र कर्पोरेट क्षेत्रमा लामो समय काम गरेको उच्च अनुभव रहेको छ।

विभिन्न क्षेत्रमा सफल नेतृत्व प्रदान गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याएका अग्रवालको आगमनले बैंकलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने उनको कार्यकालमा एनआईसी एशिया बैंकले उच्चतम उपलब्धिहरू हासिल गर्दै प्रतिष्ठाको नयाँ शिखर चुम्ने बैंकले जनाएको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…