‘पपुलिस्ट’ शक्तिहरू देशको सार्वभौमसत्तामाथि हमलामा उत्रिएः नेता भट्टराई

‘पपुलिस्ट’ शक्तिहरू देशको सार्वभौमसत्तामाथि हमलामा उत्रिएः नेता भट्टराई
+
-
देशसञ्चार AI सारांश
  • नेता विशाल भट्टराईले पपुलिस्ट शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरेको आरोप लगाए।

  • कार्यक्रममा उनले गर्दा हमलाहरू पार्टीसँग मात्र सीमित नभई मुलुकको विरुद्ध पनि लक्षित भएको बताए।

  • भट्टराईका अनुसार प्रधानमन्त्रीले संसदमा दिएको समय अभिव्यक्तिले अतिक्रमणकारीको घोषणासँग तुलना गरे।

काठमाडौँ- नेकपा (एमाले) का नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।

नेकपा (एमाले) संगठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

नेता भट्टराईले पार्टीमाथि हुँदै आएका हमलाहरू अहिले मुलुककै विरुद्ध लक्षित हुन थालेको दाबी गरे । उनले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति अतिक्रमणकारीले दिए जस्तो भएको बताए । प्रधानमन्त्री बालेन्द्र साहले हामी अतिक्रमणकारी हौँ र अरुको भूमि कब्जा गर्छौं भनेर घोषणा गरेको जस्तो भएको टिप्पणी गरे ।

उनले भने,‘अहिले पनि हाम्रो पार्टीविरुद्ध यस प्रकारका हमलाहरू जारी नै छन् । अहिले त पार्टीमाथि गरिएका हमलाले नपुगेर पपुलिस्टहरू देशविरुद्ध नै हमला गर्न उत्रिएका छन् । उनीहरू देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिइरहेका छन् । संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले खुला रूपमा हामी अतिक्रमणकारी हौँ, अरूको भूभाग कब्जा गर्छौँ भनेर घोषणा गरिरहेका छन् । यस्तो अवस्थामा हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको प्रमुख आतिथ्यमा हुन गइरहेको यो कार्यक्रम विशेष महत्वको छ । खासगरी, उहाँलाई पक्राउ गरिसकेपछि संगठन विभागको यस कार्यक्रममा उहाँको यो पहिलो मन्तव्य हो । यस अर्थमा राष्ट्रिय राजनीतिको सन्दर्भमा एमालेका दृष्टिकोणहरू प्रश्तुत गर्नका लागि यो एक महत्वपूर्ण मञ्च हो ।’

भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको पछिल्लो राजनीतिक घटनाक्रम र पक्राउ पार्टीमाथिको हमला भएको बताए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…