मलेसियाको चर्को गर्मी छोडेर माछापालनमा जमेका विजय

मलेसियाको चर्को गर्मी छोडेर माछापालनमा जमेका विजय
+
-
देशसञ्चार AI सारांश
  • विजयकुमार चौधरीले मलेसियाको वैदेशिक रोजगारी छोडेर स्वदेशमा माछापालन व्यवसाय गर्दै राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारले सम्मानित गर्दा चाैधरीको कृषि पेसाप्रतिको हौसला बढेको छ।
  • चौधरीले आफ्नो व्यवसाय विस्तार गरी थप पाँच बिघा जमिन भाडामा लिएर माछा उत्पादन बढाउने योजना बनाएका छन्।

महेन्द्रनगर- कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी सात वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका थिए ।

मलेसियाको चर्को गर्मीमा तीन वर्षसम्म दैनिक मजदुरी गर्दा उनको मासिक कमाइ करिब ३५ हजार रुपैयाँ मात्र थियो । विदेशमा श्रम बेचेर स्वदेश फर्किएका विजय अहिले भने कसैको मातहतमा होइन, आफ्नै देशको माटोमा सफल उद्यमीका रूपमा स्थापित भएका छन् ।

मलेसियाबाट फर्केपछि माछापालन व्यवसायमा होमिएका चौधरी हालै राष्ट्रिय स्तरमा सम्मानित भएका छन् ।

गत जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयको छनौटमा परी उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ बाट पुरस्कृत गरे ।

मन्त्रालयले सातै प्रदेशबाट उत्कृष्ट दुई-दुई जना गरी कुल १४ जना कृषकलाई सम्मानित गरेको थियो । दुई लाख रुपैयाँ राशिको पुरस्कार पाएपछि हर्षित भएका चौधरीले यो सम्मानले आफ्नो कृषि पेसाप्रतिको जाँगर र हौसला झन् बढाएको बताए।

“राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ । अब अरू युवाहरूलाई पनि कृषि र उत्पादनमुखी काममा आकर्षित गर्ने गरी व्यवसाय विस्तार गर्ने योजनामा छु,” चौधरीले उत्साहका साथ भने ।

विगत सात वर्षदेखि कञ्चनपुरको सिकलपट्टी जाइमा तीन बिघा जमिनमा माछा पोखरी बनाएर मत्स्य उत्पादन गरिरहेका चौधरीले निकट भविष्यमै आफ्नो व्यवसायलाई अझ बढाउने तयारी गरिसकेका छन् ।

उनले थप पाँच बिघा जमिन भाडामा लिएर माछा उत्पादन बढाउने गरी काम अघि बढिसकेको जानकारी दिए।

आफूले उत्पादन गरेको माछा स्थानीय झलारी, बेलौरी, वाणी र आसपासका बजारमा सजिलै खपत भइरहेको चौधरी बताउँछन् । तथापि, स्वदेशी माछा उत्पादनको दिगो बजारीकरणका लागि सरकारले उचित वातावरण मिलाइदिनुपर्ने उनको माग छ ।

भारत लगायतका अन्य मुलुकबाट आयात हुने माछामा रोक लगाएर सरकारले स्वदेशी उत्पादनलाई बजारको सुनिश्चितता गरिदिनुपर्ने उनको भनाइ छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…