सिमकोट आइपुगे ट्रेकिङ एजेन्सीका १८५ जना पर्यटक

सिमकोट आइपुगे ट्रेकिङ एजेन्सीका १८५ जना पर्यटक
+
-

हुम्ला – पर्यटकीय सिजन सुरु भएको २३ औ दिनमा एउटै ट्रेकिङ ऐजेन्सीका १८५ जना पर्यटक नेपालगंजबाट सिमकोट आइपुगेका छन्। मानसरोवर कैलाशको दर्शनका लागि ती पर्यटक नेपालगंजबाट हवाई मार्ग हुँदै सिमकोट आई पुगेका हुन्।

मानसरोव कैलाशको दर्शनका लागि ब्यवस्थापन गर्दै आएको रिचा ट्रेकिङ ऐजेन्सी मार्फ बिहीबार मात्र नेपालगंजबाट सिमकोट आई पुगेका पर्यटकमध्ये १८५ जना रहेको सो ऐजेन्सीका प्रतिनिधि बिष्णु बहादुर रावतले बताए।

बिहीबार जम्मा १९४ जना पर्यटक सिमकोट आई पुगेका हुन। यसमा १११ जना महिला र ८३ जना पुरुष रहेका छन्। उनीहरुमा नौ जना अन्य ऐजेन्सीका रहेका छन्। यो संख्या एउटै ऐजेन्सीबाट धेरै आएको पहिलो पटक हो। चौध वटा उडानबाट नेपालगंजदेखि यी पर्यटक सिमकोट आई पुगेको उनले बताए।

यसमा सीता, समिट र तारा एयरले उडान भरेको हो।  बैशाख ३० गते यताको २३ दिनमा दुई हजार ४६६ जना पर्यटकहरु हुम्ला आई पुगेका छन्। उनीहरु सिमकोटबाट हेलिकोप्टर मार्फत हिल्सा भएर चीनको ताक्लाकोट हुँदै मानसरोवर कैलाश दर्शनका लागि  आएका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…