काममा फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

काममा फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल
फाइल तस्बिर
+
-

काठमाडौँ– सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल काममा फर्किएकी छन्।

वरिष्ठता मिच्दै सरकारले प्रधानन्यायाधीशमा मनोशकुमार शर्मालाई नियुक्त गरेपछि असन्तुष्ट भएकी मल्ल जेठ ६ गतेदेखि २० दिनको बिदा लिएर बसेकी थिइन्। बिदा सकिएसँगै उनी सोमबारदेखि काममा फर्किएकी हुन्।

उनलाई सोमबार नै दुई वटा पेशी तोकिएको छ। एउटा एकल इजलास र अर्को न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलास तोकिएको छ।

यसअघि उनी कायममुकायम प्रधानन्यायाधीश थिइन्। वरिष्ठताका आधारमा बनाइएको भए मल्ल प्रधानन्यायाधीश हुने थिइन्।

तर सरकारले इतिहासमै पहिलोपटक वरीष्ठता मिच्दै चौथो नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाएको थियो। रोलक्रमअनुसार पहिलोमा मल्ल, दोस्रोमा न्यायाधीश कुमार रेग्मी र तेस्रोमा हरिप्रसाद फुयाल थिए।

संवैधानिक परिषद्ले वरीष्ठता मिच्दै चौथो नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट भएकी थिइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…