ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा

ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सहकार्य, शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा
+
-
देशसञ्चार AI सारांश
  • ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।
  • ग्राहकले १५ हजार रुपैयाँ वा सोभन्दा बढी खरीद गर्दा बिना कागजी प्रक्रिया किस्ताबन्दी सुविधा पाउनेछन्।
  • विशेष ग्लोबल बीबीएसएम क्लब कार्ड भाटभटेनी नेटवर्कमा विशेष अफर र क्रेडिट सीमा सहित जारी गरिनेछ।

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा उपलब्ध गराउने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई आधुनिक वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच उक्त सहकार्य सुरु गरिएको हो।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले भाटभटेनीका सबै स्टोरबाट न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको खरिद गर्दा तत्कालै ‘अन-द-फ्लाई ईएमआई’ सुविधा प्राप्त गर्नेछन्। यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक नपर्ने बैंकले जनाएको छ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार ३, ६, ९, १२ वा १८ महिनासम्मको किस्ताबन्दी अवधि छनोट गर्न सक्नेछन्। उक्त योजनामा कुनै ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन।

यो सुविधाले विशेषगरी इलेक्ट्रोनिक्स तथा उच्च मूल्यका सामग्री खरिद गर्ने ग्राहकलाई तत्काल आर्थिक भार कम गर्न र योजनाबद्ध रूपमा भुक्तानी गर्न सहज हुने अपेक्षा गरिएको छ।

सहकार्यअन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकका लागि विशेष ‘ग्लोबल बीबीएसएम क्लब क्रेडिट कार्ड’ समेत जारी गरिने भएको छ। ग्राहकको आर्थिक व्यवहार तथा कारोबार इतिहासका आधारमा १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड उपलब्ध गराइनेछ।

सुरुआती चरणमा उक्त कार्ड भाटभटेनी तथा यसको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने जनाइएको छ। कार्डमार्फत ग्राहकले विशेष अफर, छुट, सहज भुक्तानी सुविधा तथा भविष्यमा सञ्चालन हुने ग्राहक केन्द्रित योजनाहरूको लाभ लिन सक्नेछन्।

दुवै संस्थाले आगामी दिनमा संयुक्त रूपमा विभिन्न छुट, क्यासब्याक, रिवार्ड तथा विशेष ग्राहक लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन्। यस परियोजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारको भूमिका निर्वाह गरेको छ।

ग्लोबल आइएमई बैंकले मुलुकभर ७७ जिल्लामा ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…