काठमाडौँ- सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी काठमाडौँका विभिन्न होटलमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने गिरोहमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल प्रयोग गरी युवतीहरूको फोटो तथा भिडियो देखाएर ग्राहकसँग मोलमोलाइ गर्ने, भेटघाटको व्यवस्था मिलाउने तथा ट्याक्सी र निजी सवारीसाधनमार्फत गौशालास्थित शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका- २ घर भई काठमाडौँ बस्दै आएका ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय बिबेक स्याङ्तान तथा काठमाडौँ महानगरपालिका–९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन्।
यस्तै, पेमा लामा, अन्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूलाई मंगलबार नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भर्खरै
लोकप्रिय
