काठमाडौँ- काठमाडौँ महानगर क्षेत्रअन्तर्गत टोखा नगरपालिका- ५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट)मा बुधबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार बिहान २:५२ बजे सुरु भएको आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायहरूको संयुक्त प्रयासमा करिब ५:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीका कारण गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ। साथै नजिकै रहेका अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा पनि क्षति पुगेको छ।
त्यसैगरी लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको कारण, क्षतिको यथार्थ विवरण तथा अन्य पक्षबारे सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भर्खरै
लोकप्रिय
