इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कडा निन्दा

इरानद्वारा अमेरिकी सैन्य आक्रमणको कडा निन्दा
+
-
देशसञ्चार AI सारांश
  • इरानी विदेश मन्त्रालयले अमेरिकी सैन्य आक्रमणलाई इरानको राष्ट्रिय सार्वभौमिकताको उल्लङ्घन भन्दै कडा निन्दा गरेको छ।
  • अमेरिकी सेन्य हेलिकप्टर दुर्घटनापछि इरानले अमेरिकी आधारहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरिएको छ।
  • इरानले क्षेत्रीय देशहरूलाई आफ्नो क्षेत्रलाई आक्रमणकारी कार्यका लागि प्रयोग नगर्न आग्रह गर्दै चेतावनी दिएको छ।

इरानी विदेश मन्त्रालयले बुधबार इरान विरुद्धको अमेरिकी. सैन्य आक्रामकको कडा निन्दा गरेको छ।

स्ट्रेट अफ होर्मुजमा सोमबार राति अमेरिकी सैन्य हेलिकप्टर दुर्घटना भएपछि, संयुक्त राज्य अमेरिकाले बुधबार इरानको दक्षिण क्षेत्रमा “क्रूर“ आक्रमण गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।

इरानको राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको खुल्लम–खुल्ला उल्लङ्घनको भएको भन्दै प्रतिक्रियामा, इरानी सशस्त्र बलले आत्मरक्षाको क्रममा मध्य पुर्वमा रहेका अमेरिकी आधार र सम्पत्तिमा प्रहार गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

इरानले क्षेत्रीय देशहरूलाई इरानविरुद्ध “आक्रमणकारी कार्यहरू“ गर्न, सङ्गठित अपराध गर्न र समर्थन गर्न आफ्नो क्षेत्र र सुविधाहरूको प्रयोग रोक्न आग्रह गर्दै जवाबी कारबाहीको चेतावनी दिएको छ।

आक्रमण पछि इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले आफ्ना टर्की र साउदी समकक्षी हाकान फिदान र फैसल बिन फरहान अल सौदलाई पछिल्लो क्षेत्रीय घटनाक्रमबारे छुट्टा – छुट्टै फोनवार्ता गरेको जनाइएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले बुधवार बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ।

अमेरिकी सेन्ट्रल कमान्डले बुधबार सामाजिक सञ्जाल मार्फत अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको“ प्रतिक्रियामा इरानी लक्ष्यहरू विरुद्ध “आत्मरक्षा“ आक्रमणहरू गरेको जनाइएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…