अमेरिका र इरानबिच तनाब बढेसँगै तेलको मूल्य बढ्यो

अमेरिका र इरानबिच तनाब बढेसँगै तेलको मूल्य बढ्यो
+
-
देशसञ्चार AI सारांश
  • अमेरिका र इरानबिचको संघर्षसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि देखिएको छ।
  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि कडा प्रहारको चेतावनी दिएपछि इरानले स्ट्रेट अफ हर्मुजलाई निशाना बनायो।
  • इरानी सरकारी सञ्चारमाध्यमले हर्मुज क्षेत्रमा जहाजहरू बन्द गरिएको बताउँदै अमेरिकी आक्रमणको प्रतिक्रिया जनाएको छ।

अमेरिका र इरानबिच युद्ध बिरामकै बिच संघर्ष सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा बृद्दी देखिएको छ। इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजीसी) ले अमेरिकाले इरानमाथि नयाँ चरणको आक्रमण गरेपछि ‘स्ट्रेट अफ हर्मुज’ लाई निशाना बनाएको छ।

यो नयाँ अमेरिकी आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘कडा प्रहार’ गरिने चेतावनी दिँदै युद्ध अन्त्यका लागि सम्झौता गर्न तेहरानले अत्यधिक ढिलाइ गरेको आरोप लगाएपछि भएको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले बुधबार इरानको निरन्तर र अनुचित आक्रामक गतिविधिको जवाफस्वरूप आत्मरक्षाका लागि आक्रमण सुरु गरिएको जनाएको छ।

यसको केही समयपछि इरानी सरकारी सञ्चारमाध्यमहरूले आइआरजीसीले हर्मुजमा दुईवटा जहाजमाथि प्रहार गरेको दाबी गरेका छन्। पछिल्ला दिनहरूमा अमेरिका र इरानले एकअर्काका सैन्य तथा निगरानी केन्द्रहरूलाई निशाना बनाउँदै आएका छन्, जसले अप्रिलमा भएको नाजुक युद्धविरामलाई थप जोखिममा पारेको छ।

यसै बिच इरानको केश्म टापुमा विस्फोटको आवाज सुनिएको जनाइएको छ। साथै बन्दर अब्बास र सिरिकलगायत अन्य केही सहरहरूमा पनि विस्फोट भएको रिपोर्ट गरिएको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप हर्मुजमा सबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द गरिएको बताइएको छ। तर अमेरिकी सेनाले भने व्यापारिक जहाजहरूको आवतजावत अझै जारी रहेको जनाएको छ।

विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने हर्मुज बन्द गरिएको खबर सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ। विश्व बजारको प्रमुख सूचक मानिने ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिब्यारेल ९५ डलर नाघेको छ। एसियाली बजारमा कारोबार सुरु हुँदा तेलको मूल्य करिब २ प्रतिशतले बढेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…