भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले संसदीय समितिमा झुट बोल्नुभयो: ज्ञानेन्द्र शाही

भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीज्यूले संसदीय समितिमा झुट बोल्नुभयो: ज्ञानेन्द्र शाही
फाइल तस्बिर ।
+
-

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले भन्सारमा कर छलीकाे कुरामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको बताएका छन्।

बिहीबारको संसद् बैठकमा बोल्दै उनले भन्सार छली गरी ल्याएका बीवाइडी गाडीका विषयमा अर्थमन्त्री वाग्लेले झुट बोलेका बताएका हुन्।

जेठ १ गतेदेखि १४ गतेसम्म करिब तीन हजार सवारीसधान नेपाल भित्रिएको र २१ गते भन्सार पास भएको भन्दै अर्थमन्त्री वाग्लेको नियतमाथि शाहीले प्रश्न उठाएका हुन्।

यसअघि शाहीले करका दर हेरफेर गर्ने सूचना दिएर व्यापारीलाई गाडी भित्र्याउन अर्थमन्त्रीले सहजीकरण गरिदिएको भन्दै शाहीले राजद्रोहको मुद्दासमेत लगाउन माग गरेका थिए।

त्यसविषयमा वाग्लेले संसदीय समितिमा आफ्नो संलग्नताबारे इन्कार गरेका थिए। त्यसैलाई लिएर शाहीले झुट बोलेको भन्दै संसद्‌मा आपत्ति जनाएका हुन्।

उनले भन्सारबाट गाडी भित्रिएको विषषयमा संसदीय छानबिन समिति बनाउन के आपत्ति भन्दै प्रश्न पनि गरेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…