मधेस सरकारको बजेटमा एक करोडभन्दा कमको योजना नराखिने, ‘शून्य बेरुजु’ नीतिलाई लागु गरिने

मधेस सरकारको बजेटमा एक करोडभन्दा कमको योजना नराखिने, ‘शून्य बेरुजु’ नीतिलाई लागु गरिने
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • मधेस प्रदेश सरकारले एक करोडभन्दा कमको बजेट नराख्ने भन्दै आगामी वर्षको बजेटलाई दिगो आर्थिक वृद्धिमा केन्द्रित गर्ने योजना बनाएको छ।
  • प्रत्येक मन्त्रालयको बजेटलाई रोजगारी सिर्जना र गरिबी निवारणमा जोड्दै अनुत्पादक खर्च कटौती गर्ने नीति अख्तियार गरिने भएको छ।
  • सूचना प्रविधिको उपयोगमार्फत सार्वजनिक सेवा पारदर्शी तथा लाइनरहित बनाउँदै डिजिटल सेवा प्रवाह प्रणालीलाई सुदृढ गरिनेछ।

जनकपुरधाम – मधेस प्रदेश सरकाले आगामी आर्थिक वर्षको बजेटमा एक करोडभन्दा कमको बजेट नराख्ने भएको छ। बिहीबार बसेको मधेस प्रदेशसभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले मधेस प्रदेश विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

प्रदेशभित्र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग, लगानीमैत्री वातवरणको निर्माण र उत्पादनशील क्षेत्रमा पुँजी परिचालनमार्फत फराकिलो र दिगो आर्थिक वृद्धिको बलियो आधार तयार गर्नेमा आगामी बजेट केन्द्रीत हुने बताए।

उनले परम्परागत बजेट विनियोजन प्रणालीलाई विस्थापित गर्दै हरेक मन्त्रालयको बजेटलार्य सोझै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणको लक्ष्यसँग आबद्ध गरिने बताए। अर्थमन्त्री भट्टराईले एक करोडभन्दा कमका योजनामा बजेट नछर्ने र अनुत्पादक खर्च कटौती गरी पुँजीगत निर्माणमा लगाउने रणनीति अख्तियार गर्दै आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्वलाई प्रदेश सुशासनको मूल आधार मानेर नवीन बेरुजु उत्पन्न हुन नदिने ‘शून्य बेरुजु’ को नीतिलाई कडाइका साथ लागू गरिने उनले बताए।

अर्थमन्त्री भटटराईले सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र नागरिकमैत्री बनाउन सूचना प्रविधिको अधिकत उपयोग गर्दै एकिकृत डिजिटल सेवा प्रवाह प्रणालीलाई सुदृढ गरिने जनाएका हुन्।

उनले बिचौलियाको अन्त्य गर्न तथा नागरिकलाई लाईनमा बस्नुपर्ने झण्झटबाट मुक्त गर्न कागज विहिन लाईनरहित र अनुहाररहित सेवाको सुनिश्चित गर्ने विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामा उल्लेख गरेका हुन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…