दश वर्षे गाउँ शिक्षा योजना निर्माण गर्दै नाम्खा गाउँपालिका

दश वर्षे गाउँ शिक्षा योजना निर्माण गर्दै नाम्खा गाउँपालिका
+
-
देशसञ्चार AI सारांश
  • उत्तर नाम्खा गाउँपालिकाले दशवर्षे शिक्षा योजना मस्यौदा तयार पारेर सरोकारवालासँग सुझाव संकलन गरिरहेको छ।
  • तिन महिने प्रयासपछि आधार विकास नेपालका तालिमविज्ञले योजना प्रस्तुत गरेपछि छ समूहमा सुझाव मागिएको थियो।
  • गाउँपालिका अध्यक्षले गुणस्तरीय शिक्षा प्रदान गर्न योजना सहयोगी हुने बताउँदै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

हिुम्ला – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले दशवर्षे गाउँ शिक्षा योजना निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ। बुधबार मस्यौदाको रुपमा तयार भएको उक्त गाउँ शिक्षा योजनाका लागि सरोकारवाला पक्षको सुझाव संकलन गर्ने कार्य भएको हो।

चैतबाट नाम्खा गाउँपालिकाले आधार बिकास नेपालको सहयोगमा दश वर्षे गाउँ शिक्षा योजना निर्माण सुरु गरेको र त्यसको सुचना संकलन गर्ने कार्य तयार भएपछि बुधबार उक्त सूचनामाथि सुझाव तथा राय संकलन गर्ने कार्य भएको नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्मुख डम्बर रखालाले बताए।

आधार विकास नेपालका तालिमविज्ञ तोयाप्रसाद अम्गाईले तीन महिना लगाएर तयार पारेको उक्त सूचनाको प्रस्तुति गरेका थिए। त्यसपछि सहभागीहरुबाट थप सुझाव र राय माग गर्ने कार्य गर्नका लागि सहभागीलाई छ वटा समुहका विभाजन गरी बाह्र वटा शीर्षकमा राय मागिएको थियो।

सबै समूहबाट आएको सुझावलाई तयार भएको सुचनामा आवश्यकताका आधारमा समावेश गरिनेछ। कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले यो योजनाले गुणस्तरीय शिक्षा प्रदान गर्न सघाउ पुर्याउने बताए। तयार भएको गाउँ शिक्षा योजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरेको कार्यक्रममा वडा अध्यक्ष, शिक्षक, विद्यार्थी, शाखा प्रमुखलगायत सहभागी थिए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…