उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत

उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत
+
-
देशसञ्चार AI सारांश
  • जन्तेढुङ्गा गाउँपालिकाले भीम मगर, जिना राई र दिनेश विष्टलाई ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ प्रदान गर्‍यो।
  • गाउँपालिकाले एसइईमा ३.५१ र ३.३२ जिपिए ल्याउने दुई छात्रलाई रु १० हजारसहित प्रमाणपत्र प्रदान गर्‍यो।
  • डिएलइमा उच्च अंक ल्याउने तीन विद्यार्थीलाई गाउँपालिकाले जनही रु १० हजारसहित प्रमाणपत्रद्वारा सम्मानित गर्‍यो।

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन कर्मचारीलाई प्रदान गरेको छ । पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिनेश विष्ट पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुने कर्मचारी तथा कार्यालय सहयोगीलाई जनही रु १० हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिए। गाउँपालिकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर माध्यमिक परीक्षा (एसइई) उत्तीर्ण गर्ने छात्रछात्रासहित पाँच विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ ।

गत वर्ष सम्पन्न एसइईमा ३.५१ जिपिए ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी मावि बोपुङका छात्रा दीपशिखा राई र ३.३२ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका सुनिल कटवाललाई जनही रु १० हजारका साथमा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । यस्तै, जिल्लास्तरीय परीक्षा (डिएलइ)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने तीन विद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ ।

डिएलइमा ३.६२ जिपिएर ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी माविकी ग्रिष्मा राई र ३.६ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका अविनाश राई, चिसापानी नमूना माविका छात्र संयोग पोखरेललाई जनही रु १० हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा उत्कृत्ट अङ्क ल्याएर परक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख अरुणादेवी राई, उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाइँले पुरस्कृत वितरण गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…