बाढीले बगर बनाएको खेतमा ४० वर्षपछि धान

बाढीले बगर बनाएको खेतमा ४० वर्षपछि धान
तुल्सीनारायण श्रेष्ठले ब्याड राखिएको खेत देखाउँदै
+
-
देशसञ्चार AI सारांश
  • चितवनको सिमलढापमा बाढीले ४० वर्षसम्म अभावमा पारेको खेतहरूमा अहिले पुनः धान खेती सुरु गरिएको छ।
  • बगर बनेको क्षेत्रमा जैविक तटबन्ध, संरक्षित पोखरी, र सिंचाइ कुलो बनाई बस्ती संरक्षण गर्न धेरै काम भएको छ।
  • विश्व वन्यजन्तु कोष नेपालको सहयोगले धान उत्पादन पुनः सुरु गर्दै, अन्य बालीहरू पनि अब उत्पादनमा छन्।

चितवन– जेठ महिनाको अन्तिम साता। दिउँसोको करिब १ बजे हल्का पानी परेको थियो। खेतको आलीबाट आफ्नो दाइको खेतमा राखिएको धानको ब्याडलाई देखाउँदै तुल्सीनारायण श्रेष्ठले भने– ‘यहाँ (खेतमा) वर्षमा दुईपटक धान लगाएको चैते र वर्षे धान।’

यति भन्दै गर्दा उनको अनुहारमा चमक आएको थियो। किनभने उनले ४० वर्षसम्म यस खेतमा धान रोप्न पाएका थिएनन्। ४० वर्षपछि धान रोप्न पाउँदा उनले खुसी व्यक्ति गरेका थिए।

चितवनको इच्छाकामना गाउपालिका– ७ सिमलढापमा २०४१ साल असोजमा आएको बाढीले ३६ बिघा दर्तावाला जमिनलाई बगर बनाएको थियो। त्यसपछि तुल्सीनारायणलगायतले ४० वर्षसम्म खेती गर्न पाएनन्।

तुल्सीनारायण श्रेष्ठ

अहिले सिमलढापका किसानले वर्षमा दुईपटक धान फलाउने गरेका छन्। ‘यो मेरा दाइको हो’, नजिकैको गहरामा राखिएको धानको बिहाडलाई देखाउँदै उनले भने।

दाइसँगैको अर्को धानको गहरामा राखिएको ब्याडलाई देखाउँदै उनले भने ‘त्यो बिहाड मेरो हो।’

धानको ब्याड राखिएको खेत

२०४१ साल असोजमा बाढीले खेतलाई बगर बनाएपछि यहाँ ४० वर्षसम्म उत्पादन हुन सकेन। आकाशे पानीको भरमा छिटफूटरुपमा मकै र तरकारी केही उत्पादन भए पनि ४० वर्षसम्म राम्रोसँग उत्पादन गर्न नपाइएको श्रेष्ठले बताए।

तर अहिले १४ कठ्ठामा सिंचाई पुगेको छ। सिंचाई गरेर आफ्नो परिवारलाई बर्षभरी खाने धान उत्पादन गरेको उनले बताए। ‘चैते धान भित्राइसके अब फेरि बर्षे धान रोप्ने हो’, उनले भने।

बाढीले खेत बगाएपछि धान फल्न लायक बनाउन धेरै कष्ट गर्नुपरेको रानीखोला सामुदायिक वन उपभोक्ता समूहका सचिव रामप्रसाद गुरूङले बताए।

उनकाअनुसार यहाँ विस १९७२ सालदेखि बस्ती रहेको थियो। सिमलढाप चुरेको अन्तिम विन्दु पनि हो। चुरे संरक्षण हुन नसक्दा यहाँको बस्ती बाढीको जोखिममा थियो।

बाढीबाट बस्तीलाई संरक्षण गर्न जैविक तटबन्ध, संरक्षित पोखरी, सिंचाइको मुहान संरक्षण, डेढ किलोमिटर बढीको सिंचाइ कुलो लगायत बनाइएको गुरूङले बताए।

रानीखोला सामुदायिक वन उपभोक्ता समूहका सचिव रामप्रसाद गुरूङ उपाध्यक्ष र उपभोक्ताका साथमा

‘यी बस्ती संरक्षणका लागि आठ लाखको हाराहारीमा पानीको मुहान बनाउने काम गरिएको छ’, उनले भने।

उनकाअनुसार डेनमार्कको परराष्ट्र मन्त्रालयको अर्थिक सहयोगमाफर्त विश्व वन्यजन्तु कोष नेपाल (डब्लूडब्लूएफ) को त्रिपक्ष लाभ कार्यक्रम अन्तर्गत प्राविधिक र अर्थिक सहयोगका साथै राष्ट्रियपति चुरे संरक्षण र वन डिभिजनका साथै उपभोक्तहरूको सहयोगमा बगर बनेको खेतमा २०८१ बाट फेरि धान उत्पादन थालिएको थियो।

अहिले अन्दाजी १५,२० बिघामा धान रोप्ने गरिएको गुरूले जानकारी दिए। त्यसबाहेक अन्य जमिनमा तरकारी खेती लगायतका अन्य बाली पनि उत्पादन हुने गरेको उनको भनाइ छ।

साथै डब्लूडब्लूएफ नेपाल र स्थानीय संस्था सहमतिसँगको साझेदारीमा चार किलोमिटर फायर लाइनमासमेत यहाँ निर्माण गरिएको छ। जसले वनमा फाग्ने डढेलोमा कम लाग्ने गरेको छ।

चुरेमा पर्ने रानीखोला सामुदायिक वन 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…