सार्वजनिक सेवाको जानकारी दिने ‘प्रशासन प्रो’ नामक वेब एप्लिकेसन सार्वजनिक

सार्वजनिक सेवाको जानकारी दिने ‘प्रशासन प्रो’ नामक वेब एप्लिकेसन सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी दूतावासको ‘डिजिटल डिप्लोमेसी’ अभियान अन्तर्गत विकास गरिएको प्रशासन प्रोले नागरिक र सरकारी सेवाबिचको सूचना खाडल कम गर्नेछ।
  • पोर्टलले बागमती र गण्डकी प्रदेशमा नागरिकलाई सरकारी सेवाहरू प्राप्त गर्ने प्रक्रियामा जानकारी दिने सुविधा प्रदान गर्नेछ।
  • सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको यस वेब एपमा अङ्ग्रेजी वा नेपालीमा प्रशासनिक जिज्ञासा सोध्न सकिनेछ।

काठमाडौं-  नेपालमा सार्वजनिक सेवा प्राप्तिको प्रक्रियालाई सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘प्रशासन प्रो’ नामक वेब एप्लिकेसन सार्वजनिक भएको छ।

अमेरिकी दूतावास युवा परिषद् (यूएसवाईसी) २०२५ का सदस्यहरूले शुक्रबार एक कार्यक्रमबीच यो पोर्टल आधिकारिक रूपमा सार्वजनिक गरेका हुन्।

अमेरिकी दूतावासको ‘डिजिटल डिप्लोमेसी, एआई र इनोभेसन’ अभियान अन्तर्गत विकास गरिएको यस प्लेटफर्मले नागरिक र सरकारी सेवाबिचको सूचनाको खाडललाई कम गर्ने लक्ष्य राखेको छ।

युथ इनोभेसन ल्याबको प्राविधिक साझेदारीमा तयार भएको यो पोर्टल कम गतिको इन्टरनेटमा पनि सहजै चलाउन सकिने दाबी गरिएको छ।

प्रशासन प्रो वेब पोर्टलमा नागरिकले दैनिक जीवनमा आवश्यक पर्ने प्रमुख सरकारी सेवाहरू प्राप्त गर्ने प्रक्रियाका बारेमा जानकारी पाउनेछन्।

यो वेब एप्लिकेसनमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र र पासपोर्ट बनाउनका लागि कहाँ कहाँ जानुपर्छ, कति समय लाग्छ, कस्ता कस्ता कागजात आवश्यक पर्छन् भन्ने लगायतका विवरणहरू राखिएका छन्।

यसमा प्यान कार्ड, सवारी दर्ता, मतदाता परिचय पत्र, पुलिस क्लियरेन्स सर्टिफिकेट लगायत बनाउन आवश्यक पर्ने प्रक्रिया, समय र कागजातको विवरण सहितका जानकारी समेत छिट्टै उपलब्ध गराउने यूएसवाईसीले जनाएको छ । प्रारम्भिक चरणमा यो पोर्टल बागमती र गण्डकी प्रदेशका लागि उपयोगी हुनेगरी तयार पारिएको छ ।

यसलाई क्रमश: सातै प्रदेशमा उपयोगी हुनेगरी विस्तार गर्ने योजना रहेको छ । यो एपमा प्रयोगकर्ताले अङ्ग्रेजी वा नेपाली दुवै भाषामा बोलेर वा टाइप गरेर आफ्ना प्रशासनिक जिज्ञासाहरू सोध्न सक्ने समेत बनाइने उल्लेख छ । जुन महिनाको अन्त्यतिर प्रशासन प्रो नामको माेबाइल एप पनि सार्वजनिक गर्ने तयारी भइरहेको यूएसवाईसीले जनाएको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…