मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको उत्कृष्ट सुरुवात

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको उत्कृष्ट सुरुवात
+
-
देशसञ्चार AI सारांश
  • लियोनेल मेसीले विश्वकपको सर्वकालिन उच्च गोलकर्ताको सूचिमा मिरोस्लाभ क्लोससँग बराबरी गर्दै १६ गोल पुर्याएका छन्।
  • मेसीले अल्जेरिया विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ७८ मिनेटमा ३ गोल गरेका छन्।
  • अर्जेन्टिनाले समूह ‘जे’ मा तीन अंकका साथ उत्कृष्ट सुरुवात गर्दै आफ्नो बलियो दावेदारी प्रस्तुत गरेको छ।

लियोनेल मेसी विश्वकपको सर्वकालिन उच्च गोलकर्ताको सूचमा जर्मनीका मिरोस्लाभ क्लोस सँग बराबरी गर्न सफल भएका छन्। विश्वकपमा पहिलो ह्याट्रिक गरेका मेसीले अल्जेरिया विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका हुन्।

३८ वर्षीय मेसीले विश्वभरका हजारौं समर्थकलाई उत्साहित बनाउने क्रममा १६ गोल गर्दै सूचीमा क्लोजसँग संयुक्त रूपमा शीर्ष स्थान बनाए। अब उनी शीर्ष गोलकर्ता बन्न कम्तीमा अर्को सोमबारसम्म कुर्नु पर्ने छ।

विश्वकप फुटबल अन्तर्गत समूह ‘जे’को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले उत्कृष्ट सुरुवात गर्ने क्रममा सुरुवातबाटै दबाब बनायो।  खेलमा ७८ मिनेट मैदानमा बिताएका मेसीले ३ गोल गर्दै टोलीलाई सानदार सुरुवात दिए।

उनले पहिलो हाफमा १ गोल गर्दा अरु दुई गोल दोस्रो हाफमा सम्भव बनाए। १७ औं मिनेटमा डिपलको पासलाई डिबक्स बाहिरबाटै आकर्षक प्रहार गर्दै पहिलो गोल गरेका मेसीले दोस्रो गोल ६० औं मिनेटमा गरे। २५ यार्डबाट एलेक्सीस म्याक एलिस्टरले गरेको शक्तिसाली प्रहार गोलरक्षकले रोकेपछि पाएको रिबाउन्डलाई मेसीले सहज गोलमा परिणत गरेका थिए।

उनले विश्वकपको पहिलो ह्याट्रिक भने खेलको ७६ औं मिनेटमा संभव बनाए। वैकल्पिक खेलाडी निको गोन्जालेजको पासमा मेसीले अर्को उत्कृष्ट प्रहार गर्दै ह्याट्रिक पुरा गरेका थिए।

मेसीको तीन गोलसँगै तीन अंकका साथ  अर्जेन्टिनाले सुरुदेखि नै खतरनाक लयमा  आफूलाई उपाधि रक्षाको अभियानमा  बलियो दाबेदारी प्रस्तुत गरेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…