विश्वकप खेलिरहँदा अर्बपति बने मेसी

विश्वकप खेलिरहँदा अर्बपति बने मेसी
+
-
देशसञ्चार AI सारांश
  • अर्जेन्टिनाका लियोनेल मेसी एक अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने चौथो सक्रिय खेलाडी बनेका छन्।
  • मेसीले विश्वकप र क्लब स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै करियरको सबैभन्दा ठूलो सपना पूरा गरेका छन्।
  • मेसीले इन्टर मियामी रोजेपछि विज्ञापन र मैदानबाट करिब १४ करोड डलर कमाएको अनुमान गरिएको छ।

अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेसी आफ्नो खेल जीवन जारी रहँदै एक अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति (बिलियन डलर) हुने विश्वका केवल चार सक्रिय खेलाडीमध्ये एक बनेका छन्। टिमलाई लगातार दोस्रो पटक विश्वकप फाइनल पुर्‍याएका मेसीले नयाँ इतिहास रचेका हुन्।

सन् १९८६ पछि पहिलो पटक अर्जेन्टिनालाई विश्वकप जिताउन सक्ने वा नसक्ने भन्ने प्रश्न र आलोचनाले वर्षौंसम्म पछ्याए पनि मेसीले सन् २०२२ मा फ्रान्सविरुद्धको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई विश्वकप जिताए। त्यो ऐतिहासिक सफलतासँगै उनले आफ्नो करियरकै सबैभन्दा ठूलो सपना पूरा गरेका थिए। त्यसपछि उनले जारी २०२६ विश्वकपमा पनि टिमलाई फाइनलमा पुर्याउन सफल भएका छन्।
तर विश्वकप जितेसँगै उनी सबैको चासोमा परेका थिए। उनी कुन क्लबबाट खेल्लान भन्ने प्रश्नबिच उनले ऐतिहासिक निर्णय लिए। जुन निर्णय अहिले आएर मेसीलाई अर्बपति बनाउनका लागि महत्त्वपूर्ण सावित भयो।

विश्वकप जित्दा पेरिस सेन्ट-जर्मेन (पीएसजी)सँगको सम्झौता सकिन लागेको थियो। उनलाई क्रिस्टियानो रोनाल्डोले जस्तै साउदी प्रो लिगमा गएर खेल्न वार्षिक ४० करोड अमेरिकी डलरसम्मको प्रस्ताव आएको चर्चा थियो। तर मेसीले त्यो आकर्षक प्रस्ताव अस्वीकार गर्दै अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामी रोजे। यस निर्णयका कारण उनले केही सम्भावित आम्दानी गुमाए। यस सिजन उनले मैदानबाट करिब ७ करोड डलर र विज्ञापन, प्रायोजन तथा अन्य व्यावसायिक गतिविधिबाट थप ७ करोड डलर कमाएको अनुमान गरिएको छ।

तर आर्थिक सफलताको हिसाबले मेसीले अहिले नयाँ उचाइ हासिल गरेका छन्। फोर्ब्सका अनुसार ३८ वर्षीय मेसीको कुल सम्पत्ति अहिले १.१ अर्ब अमेरिकी डलर पुगेको छ।

उनको सम्पत्तिको मुख्य आधार लामो खेल जीवनमा कमाएको आम्दानी, त्यसको मूल्यवृद्धि तथा खेल जीवन समाप्त भएपछि इन्टर मियामीमा स्वामित्व (इक्विटी) हिस्सेदारी खरिद गर्ने अधिकार पनि हो। यही कारण मेसी अहिले विश्व फुटबलका सफलतम खेलाडी मात्र होइन, अर्बपति खेलाडीको सूचीमा पनि सम्मानजनक स्थान बनाउन सफल भएका छन्।

३९ वर्षीय मेसीले सन् २००४ मा व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए। त्यसयता उनले क्लब र देशका लागि जित्न सकिने लगभग सबै प्रमुख उपाधि जितिसकेका छन्। यही सफलताका कारण धेरैले उनलाई फुटबल इतिहासकै सर्वकालीन महान् खेलाडी मान्ने गरेका छन्।
मेसीले बार्सिलोनामा १७ सिजन बिताएपछि सन् २०२१ मा पेरिस सेन्ट-जर्मेन (पीएसजी) पुगे। फ्रान्समा दुई वर्ष खेलेपछि उनले सन् २०२३ मा अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीमा आबद्ध भएका छन्।

सक्रिय अर्बपति खेलाडीमा फुटबलबाट मेसीसँगै क्रिश्टियानो रोनाल्डो, बास्केटबलका माइकल जोर्डन, लेबरोन जेम्स र गल्फका टाइगर वुड्स मात्र अर्बपतिको सूचीमा रहेका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…