युद्धविराम सम्झौतामा हस्ताक्षरपछि पनि ट्रम्प भन्छन्– आक्रमण फेरि सुरु हुन सक्छ

युद्धविराम सम्झौतामा हस्ताक्षरपछि पनि ट्रम्प भन्छन्– आक्रमण फेरि सुरु हुन सक्छ
+
-
देशसञ्चार AI सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौतापछि पनि आक्रमण गर्ने धम्की दिँदै इरानी अधिकारीको हत्या गर्ने चेतावनी दिएका छन्।
  • इरान र अमेरिका बीचमा भएको समझदारीले मध्यपूर्वमा शान्ति र इन्धनको मूल्यमा कमी ल्याउने अपेक्षा गरिएको छ।
  • एलोन मस्क र अमेरिकी राष्ट्रपति ट्रम्पको हस्ताक्षरित यो समझदारीले इरानको सम्पत्ति फुकुवा र युद्धपछिको पुनर्निर्माणको लागि ३०० बिलियन डलरको लगानी समावेश गरेको छ।

काठमाडौँ– अमेरिका र इरानबीच युद्धविराम गर्ने सम्झौता भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमाथि आक्रमण गर्न सकिने चेतावनी दिएका छन्।

बुधबार अमेरिका र इरानले आफ्ना राष्ट्रपतिहरूद्वारा हस्ताक्षरित अन्तरिम सम्झौताको मस्यौदा सार्वजनिक गरेका थिए। तर सँगै अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले आफ्ना प्रतिबद्धताहरू पूरा नगरेमा पुनः आक्रमण गर्ने र इरानी अधिकारीहरूको हत्या गर्ने चेतावनी पनि दिएका छन्।

फ्रान्समा अन्य नेताहरूसँग जी-७ शिखर सम्मेलनमा सहभागी भइरहेका ट्रम्पले इरानमाथि आक्रमण गर्नुको एउटा मुख्य कारणलाई समेत फिर्ता लिएका छन्। यसअघि इरानको ब्यालिस्टिक मिसाइल (क्षेप्यास्त्र) प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पार्ने कसम खाएका ट्रम्पले अहिले भने इरानसँग मिसाइल नहुनु ‘अन्यायपूर्ण’ हुने बताएका छन्।

तर उनले भने, ‘यदि उनीहरू (इरान)ले सम्झौता उल्लंघन गरे भने हामी उनीहरूको सातो जाने गरी बम प्रहार गर्ने अधिकार हामीसँग सुरक्षित छ।’

आगामी ६0 दिनभित्र स्थायी शान्ति सम्झौताका लागि अमेरिकी र इरानी वार्ताकारहरू लागि परेकाबेला ट्रम्पले इरानीहरूलाई बाठा मानिस भन्दै प्रशंसा गर्न पनि भ्याएका थिए। सम्झौताले मध्यपूर्वमा शान्ति स्थापना गर्ने र इन्धनको मूल्य घटाउने आशा व्यक्त गरे।

यसअघि उनले भने, ‘यदि मलाई यो मन परेन वा उनीहरूले राम्रो व्यवहार गरेनन् भने, हामी सिधै उनीहरूको टाउकोको बीचभागमै बम खसाल्न थाल्नेछौँ, बुझ्यौ?’

इरानी नेताहरूले यी नयाँ धम्कीहरूमाथि कुनै टिप्पणी नगरी यो ऐतिहासिक क्षणको उत्सव मनाएका छन्। सन् १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भएयता पहिलो पटक अमेरिकी र इरानी राष्ट्रपति दुवैले हस्ताक्षर गरेको ऐतिहासिक तस्बिर उनीहरूले सार्वजनिक गरेका छन्।

इरानका मुख्य वार्ताकार मोहम्मद बकर कालिबाफले सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, ‘सैन्य कारबाहीमार्फत हामीले जे हासिल गर्न खोजेका थियौँ, वार्ताको माध्यमबाट त्योभन्दा कयौँ गुणा बढी प्राप्त गर्‍यौँ, यसको कुनै तुलना नै हुन सक्दैन।’

यस सम्झौतामा रोक्का गरिएका अर्बौँ डलर बराबरको इरानी सम्पत्ति फुकुवा गर्ने विषय पनि समावेश छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि युद्ध सुरु गरेका थिए, जसको पहिलो दिनमै ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र अन्य सैन्य कमान्डरहरूको हत्या गरिएको थियो। यो युद्ध द्रूत रूपमा क्षेत्रीय द्वन्द्वमा परिणत भयो, जसमा अहिलेसम्म सात हजारभन्दा बढी मानिस मारिसकेका छन् (जसमध्ये अधिकांश इरान र लेबनानका छन्)। यसले उर्जाको मूल्य बढाउनुका साथै मुद्रास्फीतिको दबाब थपेको छ र विकासोन्मुख देशहरूमा ठूलो खाद्य संकटको चिन्ता पैदा गरेको छ।

अहिले १४ बुँदे सहमति गर्दै अप्रिलमा घोषणा गरिएको युद्धविरामलाई थप ६० दिनका लागि लम्ब्याइएको छ (लेबनानमा समेत), ताकि दुवै पक्षले अन्तिम शान्ति सम्झौताका लागि वार्ता गर्न सकून्।

अमेरिकी र इरानी अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेसकियान दुवैले अंग्रेजी र फारसी भाषामा रहेको यस समझदारी पत्रमा डिजिटल हस्ताक्षर गरेका छन्। इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ।

ट्रम्पले फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोँसँग भर्साइल्स दरबारमा भव्य रात्रिभोज गर्नुअघि यसमा हस्ताक्षर गरेका थिए। यो त्यही ऐतिहासिक स्थल हो जहाँ पहिलो विश्वयुद्धको औपचारिक अन्त्य गर्ने ‘भर्साइल्स सन्धि’ मा हस्ताक्षर गरिएको थियो।

यस समझदारी पत्रमा लेबनानसहित सबै मोर्चामा युद्धको तत्काल अन्त्य, हर्मुजमा बिनाकुनै शुल्क समुद्री आवतजावतको पूर्ण बहाली, इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दीको अन्त्य, इरानमाथिको अमेरिकी प्रतिबन्धहरू फुकुवा, सम्पत्ति फुकुवा, र इरानको युद्धपछिको पुनर्निर्माणका लागि ३०० बिलियन डलरको लगानी कोष स्थापना गर्ने कुराहरू समेटिएका छन्।

जलमार्ग खुल्ने सम्भावनासँगै बुधबार तेलको मूल्यमा गिरावट आयो र ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा तल पुग्यो, जुन युद्ध सुरु भएयताकै सबैभन्दा न्यून स्तर हो। यद्यपि, ट्रम्पले पुनः हिंसाको धम्की दिएपछि मूल्य फेरि एक प्रतिशत भन्दा बढीले बढेको थियो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…