रसियासँगको युद्ध सुरु भएयताकै मस्कोमा युक्रेनको ठूलो आक्रमण

रसियासँगको युद्ध सुरु भएयताकै मस्कोमा युक्रेनको ठूलो आक्रमण
+
-
देशसञ्चार AI सारांश
  • युक्रेनले २०० ड्रोन आक्रमण गरी मस्कोमा आक्रमण गर्दा १७ जना घाइते भए र एक जनाको मृत्यु भयो।
  • पनि, युक्रेनको ड्रोन आक्रमणले कापोत्न्या तेल केन्द्रमा आगलागी गराउँदा विमानस्थलहरु बन्द गराए र उडान प्रभावित बनाए।
  • राष्ट्रपति जेलेन्स्कीले रुसलाई कूटनीति गर्न आह्वान गर्दै यी आक्रमणहरू कीभमा हमलाको प्रतिक्रिया भएको बताए।

रसियाले युक्रेनविरुद्ध पूर्णस्तरको युद्ध सुरु गरेयता युक्रेनले मस्कोमाथिको सर्वाधिक ठुलो आक्रमण गरेको छ। रुसको राजधानी मस्को तथा वरपरका क्षेत्रमा करिब २०० ड्रोन प्रहार भएको जनाइएको छ। ती आक्रमणपछि विभिन्न स्थानमा बाक्लो धुवाँका मुस्लाहरू आकाशतिर उडेको देखिएको छ।

मस्को क्षेत्रका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार आक्रमणमा कम्तीमा १७ जना घाइते भएका छन्। रुसको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर झन्डै १,००० युक्रेनी ड्रोन र चारवटा क्रुज मिसाइल खसालिएको दाबी गरेको छ। दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको एउटा तेल भण्डारण केन्द्रमा पनि आक्रमण भएको थियो, जहाँ एक जनाको मृत्यु भएको बताइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रमा फेरि ‘लामो दूरीका प्रतिबन्ध’ लागू गरिएको बताएका छन्। यो अभिव्यक्ति वास्तवमा रुसभित्र गरिएका युक्रेनी लामो दूरीका आक्रमणलाई जनाउन प्रयोग गरिएको हो।

युद्ध अन्त्य गर्ने समय आइसकेको भन्दै राष्ट्रपति जेलेन्स्कीले रुसले कूटनीतिक पहल गर्नुपर्ने बताए। उनका अनुसार गत साता रुसले कीभमा गरेको भीषण आक्रमणको जवाफस्वरूप यो कारबाही गरिएको हो। उक्त आक्रमणमा एक प्रमुख धार्मिक सम्पदामा आगलागी भएको थियो।

दक्षिण-पूर्वी मस्कोस्थित कापोत्न्या तेल प्रशोधन केन्द्रमा आगलागी भएको थियो। पछिल्लो एक महिनाभित्र यो तेस्रो तथा यही साताभित्र दोस्रो पटक उक्त केन्द्र आक्रमणको निशानामा परेको हो। आगो र धुवाँले आकाश कालो बनेको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा शक्तिशाली विस्फोटका कारण ठूलो तेल भण्डारण ट्यांकीको ढकनी दर्जनौँ मिटर माथिसम्म उडेको देखिन्छ।
नजिकैको एउटा किनमेल केन्द्रमा पनि आगलागी भएको थियो। ड्रोनका भग्नावशेष भवनमा खसेपछि आगो लागेको अनुमान गरिएको छ। आसपासका केही अग्ला आवासीय भवनहरूबाट बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।

आक्रमणपछि मस्कोका चारवटै विमानस्थल अस्थायी रूपमा बन्द गरिएका थिए भने ५०० भन्दा बढी उडान रद्द वा ढिला भएका थिए। रुसी अधिकारीहरूले ड्रोन आक्रमणपछि भएका क्षतिको तस्बिर वा भिडियो सार्वजनिक गर्न प्रतिबन्ध लगाए पनि सामाजिक सञ्जालमा दर्जनौँ भिडियोहरू सार्वजनिक भएका छन्।

ती भिडियोहरूमा दिनदहाडै मस्कोको आकाशमा ड्रोन उडिरहेको र औद्योगिक क्षेत्रहरूमा विस्फोट भइरहेको देखिन्छ। युक्रेनले लामो समयदेखि ठूलो सङ्ख्यामा निगरानी तथा छलकपटका लागि प्रयोग गरिने ड्रोनहरू पठाएर हवाई प्रतिरक्षा प्रणालीको अवस्थाबारे जानकारी सङ्कलन गर्ने र कमजोर क्षेत्र पहिचान गर्ने रणनीति अपनाउँदै आएको छ। त्यसपछि मात्र मुख्य आक्रमण सुरु गर्ने गरिएको बताइन्छ।

रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण थालेको साढे चार वर्ष बितिसक्दा पनि अग्रपंक्तिमा युद्ध जारी छ। यद्यपि रुसभित्रका धेरै नागरिकका लागि त्यो युद्ध प्रत्यक्ष रूपमा देखिने विषय होइन।

रुसका विभिन्न क्षेत्र, मस्को तथा सेन्ट पिटर्सबर्गमा युक्रेनले गरिरहेका लामो दूरीका आक्रमणहरू जेलेन्स्कीको युद्धलाई रुसभित्रका सामान्य नागरिकसम्म पुर्याेउने रणनीतिको संकेत मानिन्छ।

युक्रेनी सीमाबाट करिब ५०० किलोमिटर टाढा रहेको मस्कोमा ड्रोन आक्रमणहरू पछिल्ला वर्षहरूमा बढ्दै गएका छन्। सन् २०२३ को वसन्तमा पहिलो पटक युक्रेनी ड्रोनहरू सफलतापूर्वक मस्कोसम्म पुगेका थिए, तर त्यतिबेला आक्रमणहरू विरलै हुन्थे र केही ड्रोनमा मात्र सीमित रहन्थे।

त्यसयता मस्को वरिपरि व्यापक हवाई प्रतिरक्षा प्रणाली तैनाथ गरिएको छ। तर युक्रेनले प्रयोग गर्ने ड्रोनको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको छ र केही ड्रोन ती सुरक्षा घेराहरू पार गर्न सफल भएका छन्।

विशेषज्ञहरूका अनुसार अत्याधुनिक ड्रोनको यति ठूलो सङ्ख्यामा गरिने आक्रमणबाट पूर्ण सुरक्षा दिन सक्ने कुनै पनि हवाई प्रतिरक्षा प्रणाली छैन। रक्षा घेरा पार गर्न सफल हुने ड्रोनको सङ्ख्या कम भए पनि त्यसले पूर्वाधारमा क्षति पुर्याीउने जोखिम भने रहिरहन्छ।

यही कारणले बिहीबार भएको विशाल ड्रोन आक्रमणपछि मस्कोका महत्वपूर्ण पूर्वाधारहरूको सुरक्षा गर्न तैनाथ हवाई प्रतिरक्षा प्रणालीको प्रभावकारितामाथि प्रश्न उठ्ने सम्भावना देखिएको छ। अर्को तर्फ युक्रेनले भने रातभर २०० भन्दा बढी ड्रोन र थुप्रै ब्यालिस्टिक मिसाइल प्रयोग गरेर आफ्नो भूमिमा आक्रमण गरेको जनाएको छ।

दक्षिण–पूर्वी एसियाली नेताहरूको सम्मेलनका लागि मध्य रुसको कजान सहरमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमाथिको यो ठूलो आक्रमणबारे सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…