लेबनान विवादका कारण स्विट्जरल्यान्डमा हुने भनिएको इरान-अमेरिका सम्झौता स्थगित

लेबनान विवादका कारण स्विट्जरल्यान्डमा हुने भनिएको इरान-अमेरिका सम्झौता स्थगित
+
-
देशसञ्चार AI सारांश
  • अमेरिका र इरानबीचको सम्झौता स्थगित हुनुमा इरानको लेबनानसम्बन्धी मागको सुनुवाइ नहुनु प्रमुख कारण रहेको छ।
  • जारी द्वन्द्व अन्त्य गर्ने समझदारीपछि हस्ताक्षर हुनुपर्ने सम्झौता अमेरिका र इरानबीचको मतभेदका कारण रोकिएको छ।
  • ट्रम्पको इरान सम्झौतामा रिपब्लिकन नेताहरूले आश्चर्य व्यक्त गर्दै ट्रम्पको रणनीतिमा पुनर्विचारको आवश्यकता बताएका छन्।

अमेरिका र इरानबिच स्विट्जरल्यान्डमा हुने भनिएको सम्झौतामा प्रत्यक्ष हस्ताक्षर गर्ने कार्यक्रम तत्काललाइ स्थगित भएको छ। समाचार संस्था एक्सियोसले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उपराष्ट्रपति जेडी भेन्सको स्विट्जरल्यान्ड भ्रमण स्थगित हुनुमा लेबनानसम्बन्धी इरानका मागहरू सुनुवाइ नहुनु भएको जनाइएको छ।

यो स्थगन अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न गरिएको अन्तरिम समझदारीपत्र (एमओयू) पछि अर्को चरणको वार्ताको तयारी भइरहेका बेला भएको हो। सम्झौतामा सबै मोर्चामा जारी लडाइँ अन्त्य गर्ने व्यवस्था समावेश छ, जसमा लेबनानमा भइरहेको युद्ध पनि पर्दछ।

यद्यपि, उक्त प्रावधानलाई कसरी व्याख्या गर्ने र व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अमेरिका र इरानबीच अझै मतभेद कायम रहेको बताइएको छ। बिहीबार उपराष्ट्रपति भेन्सले इजरायली सरकारका केही मन्त्रीहरूको कडा आलोचना गरेका थिए।

उनको अभिव्यक्तिले इरानसँगको सम्झौता तथा लेबनानमा इजरायलको सैन्य गतिविधिलाई लिएर अमेरिका र इजरायलबीच तनाव बढ्दै गएको संकेत गरेको विश्लेषण गरिएको छ।

ट्रम्पको सम्झौतामा खुसी छैनन् उनकै दलका नेता

सीएनएनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच भएको सम्झौताको पूर्ण विवरण पहिलोपटक प्राप्त गर्दा रिपब्लिकन पार्टीका केही वरिष्ठ नेताहरू आश्चर्यचकित बनेका थिए। उनीहरूले तत्काल सार्वजनिक प्रतिक्रिया दिन समेत अस्वीकार गरेका थिए।

हाल रिपब्लिकन पार्टीका धेरै सिनेटरहरूले उक्त सम्झौतामाथि खुलेर प्रश्न उठाउन थालेका छन्। उनीहरूको भनाइमा ट्रम्पले इरानप्रति अपनाएको रणनीतिमा पुनर्विचार गर्न आवश्यक छ।

कतिपय रिपब्लिकन नेताहरूले सम्झौताको तीव्र आलोचना गरिरहेका छन्। आलोचकहरूमध्ये आगामी निर्वाचनमा उम्मेदवारी नदिने केही नेताहरू पनि छन्।

लुइजियानाका रिपब्लिकन सिनेटर बिल क्यासिडीले भने, ‘यो सम्झौतापछि इरान अझ बलियो बनेको छ भने अमेरिका कमजोर भएको छ।’

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…