अपराधी लुकेको आशंकापछि मन्त्री निवासमा पुगेका हौँ: प्रहरी

अपराधी लुकेको आशंकापछि मन्त्री निवासमा पुगेका हौँ: प्रहरी
तस्बिर: इन्द्रमणि पराजुली
+
-

काठमाडौँ– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा अपराधी लुकेको आशंकापछि त्यहाँ छापा मारिएको प्रहरीले बताएको छ।

मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कवित कट्वालले विराटनगर-३ स्थित पुष्पलाल चोक आसपासमा फरार प्रतिवादी लुकेको आशंकामा प्रहरी मन्त्री क्वाटरमा पुगेको बताए।

केहीसमयअघि विराटनगरका एक ब्यक्तिमाथि भएको कुटपिटमा संलग्न विमल भट्टराईलाई खोजी गर्ने क्रममा प्रहरी त्यहाँ पुगेको उनको भनाइ छ

कुटपिटबाट घाइते भएका ब्यक्ति हाल काठमाडौँको शिक्षण अस्पतालमा उपचाररत रहेको बताउँदै उनले भट्टराईको खोजी गर्ने क्रममा सो घटना भएको बताए।

प्रहरी मन्त्रीको क्वाटरमा पुगिरहँदा मन्त्री पराजुली काठमाडौँ र उनको सचिवालय टोली भरत दाहाल र निलमणि थापा धनकुटामा रहेका थिए।

रातिको समय प्रहरी पुगिरहँदा मन्त्रीको निवासमा सुरक्षार्थमा खटिएका प्रहरीसमेत खाना खान गएको अवस्था रहेको थियो। प्रहरीको एक उच्च अधिकारीका अनुसार मन्त्री पराजुली बसोबास गर्दै आएको भवनमा यसअघि ती भट्टराई भाडामा बसेकाे बताइएको छ।

ती फरार प्रतिवादी भट्टराईलाई खोजी गर्ने क्रममा प्रहरी निवासमा पुगेको हो। प्रहरी निवासमा पुगेपछि घरबेटीले मन्त्री पराजुलीका सचिवालयलाई जानकारी गराएका थिए।

कोशी प्रदेशका आन्तरिक मामिला मन्त्रीको निवासमा मध्यरातमा प्रहरीको छापा

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…