कलाका माध्यमबाट विपद्सम्बन्धी चेतना दिइँदै

कलाका माध्यमबाट विपद्सम्बन्धी चेतना दिइँदै
+
-
देशसञ्चार AI सारांश
  • नेपालका विभिन्न कलाकारहरूले कार्टुनमार्फत विपद्बारे सचेत गराउन र गम्भीर सन्देश दिन प्रयास गरेका छन्।
  • हिमपात, चट्याङ, भूकम्प जस्ता विपद्बारे जानकारी दिन र नागरिकलाई सजग गराउन कार्टुनमार्फत दृश्यात्मक उपायहरू प्रस्तुत गरिएका छन्।
  • नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र अन्य संस्थाहरूको संयुक्त प्रयासमा आयोजित प्रदर्शनीले विपद्का सन्देशहरूलाई प्रभावकारी रूपमा जनमानसमा पुर्‍याउने लक्ष्य राखेको छ।

काठमाडौँ – कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासुदेव श्रेष्ठ (वासु क्षितिज) ले विपद्बारे चासो राख्न र चनाखो हुन आह्वान गर्दै कार्टुन कला सिर्जना गरेका छन्।

दुई जना व्यक्तिबीच भएको संवादलाई उनले सामान्य मान्छेले पनि बुझ्ने भाषा र शैलीमा प्रस्तुत गरी चेतना दिने प्रयास गरेका हुन्। सामाजिक सञ्जालमार्फत कुनै पनि सामग्रीको चर्चा बढी हुने परिपाटीसँग विपद्लाई जोडेर उनले विपद्का सन्देशलाई आमनागरिकसम्म पुर्या्उने प्रयास गरेका छन्।

संवाद यस्तो छ

एक पुरुष प्रश्न गर्छन्, “के सूचना पढिरा ? टिकटकमा केके भाइरल भइरहेको छ हेरम् त !” महिला जवाफ फर्काउँछिन्, “हेर वुद्धि ! विपद्बारे सूचनासहित आवश्यक जानकारी राख्न परेन ? चनाखो भइराख्न परेन ? भाइरलकै पछि कुदेर हुन्छ ?”

गम्भीर विषलाई रङ र रेखाका माध्यामबाट कार्टुनले असाधारण सन्देश दिएको छ। क्यानभासका दृष्य एउटै घरभित्रको संवाद रहेकाले उहाँहरू श्रीमान् श्रीमती हुन् भन्ने कुरा छ्ट्याउन गाह्रो छैन। श्रीमान् भाइरलको पछि दगुर्दा श्रीमती विपद्बारे चनाखो हुँदै अरुलाई पनि सन्देश बाँड्न व्यस्त देखिन्छिन्। श्रीमतीले श्रीमान्लाई भाइरलको पछि लाग्नभन्दा विपद्को सन्देशबारे चनाखो हुन र चासो दिन आह्वान गरिरहेको यो कार्टुन कला समाजलाई विपद्बारे बुझाउनका र झक्झक्याउन निक्कै सशख्त छ।

अर्का कलाकार देवेन्द्र थुम्केलीको कार्टुनमा भारी हिमपात भइरहेको देखिन्छ। बाक्लो हिउँले सडक छोपिएको छ। वरपरका दृष्य हिउँले सेताम्य छन्। हिउँदे पुरिएर सानासाना रुख, बु्ट्टाका टुप्पा मात्रै देखिएका छन्। सडकका गाडीका हुट पनि हिउँले छोपिएको छ। चालक गाडी चलाउन डराइरहेका छन्। यत्तिकैमा यात्रुको मुखबाट फुत्त आवाज निस्किन्छ, “छिटो जाउँ न ! किन ढिला गरेको !!” चालक जवाफ फर्काउँछन्, “यस्तो हिमपातका बेला हिँड्नुहुन्न ! कस्तो स्वर्ग जाने कुरा गरेको !!”

यो कार्टुनले हिमपातबाट जोगाउन र जोगिन आग्रह गरिरहेको छ। यस्तै अर्काे कार्टुनमा कलाकार सौरगङ्गा दर्शनधारीको चट्याङसँग बच्ने उपायका बारेमा छन्। चट्याङबाट बच्न घरभित्र गर्न नहुने कुराहरु उनले चित्रमार्फत देखाएका छन्।

विद्युतीय सामानको प्रयोग गर्न नहुने, झ्याल अगाडि बस्न नहुनेलगायत सन्देश उनले लेखेर अनि रङ र रेखाको संयोजन गरेर देखाएका छन्। जस्तैः चट्याङका समयमा कपडामा आइरन लगाउन, मोबाइल चलाउन, टिभी हेर्न नहुने कुरा उनले कार्टुन कलामार्फत सन्देश दिएका छन्।

अर्का कलाकार केशवराज खनालका तीन वटा कार्टुन छन्। एउटा कार्टुनमा विपद्का समयमा ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्ग र महिलालाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिनुभएको छ। अर्काेमा उहाँको वन डढेलो नियन्त्रणसम्बन्धी छ। अर्काे कार्टुनमा वातावरण प्रदूषण नगरौँ भन्दै माइकिङ गरिरहेको गाडी पनि धुवाँ उडाउँदै गरेको कार्टुन रहेको छ। यसले हाम्रो नेपालका सरकारी निकायका सवारीसाधनहो हालतलाई सङ्केत गर्दै वायु प्रदूषणबारे सचेत गराएको छ।

राजेश मानन्धरले आफ्नो कार्टुनमा गर्मीको अवस्था र त्यसबारे जोगिने उपाए प्रस्तुत गरेका छन्। रविनले भूकम्पको पूर्वतयारीका बारमा सन्देश बाँडेका छन्। पानसिङले ग्यासको सुरक्षित प्रयोगबारे कार्टुनमार्फत सिकाएका छन्।

यस्तैयस्तै विपद्का सन्देश बोकेका ४६ वटा कार्टुन अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हलमा प्रदर्शन भइरहेका छन्। अन्य कार्टुनमा डोजरे विकाश, ट्राफिक नियम उल्लङ्घन, लुको जोखिम, घर निर्माणमा सावधानी, झटपट झोला, सर्पदंशलगायत विभिन्न विषय जोडेर व्याङ्ग्य र सचेतनामूलक सन्देश प्रस्तुत गरिएको छ।

यही असार १० गतेसम्म प्रदर्शन हुने उक्त कार्टुन कला प्रदर्शनी कार्टुनिष्ट क्लब अफ नेपाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयक्त सहकार्यमा आयोजना गरिएको हो।

प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले भने, “कार्टुनमार्फत विपद्का सन्देश प्रस्तुत गर्दा सबैको मनमस्तिष्कमा बस्छ र सजिलै बुझ्नका लागि पनि कला माध्याम हुन्छ, त्यसैले यो सहकार्य गरिएको हो।” उनले स्कुल तहदेखि कलामार्फत विद्यार्थीहरुलाई विपद्का बारेमा बुझाउँदै जानुपर्नेमा जोड दिए। अहिले मनसुनको समय छ। विपद्को संघारमा मुलुक रहेकाले यो कार्टुन कला समय सान्दर्भिक प्रदर्शनी भइरहेको छ।

क्लबका अध्यक्ष क्षितिजले विपद् कुन बेलामा आउँछ भन्ने कसैलाई थाहा नहुने भएकाले पूर्वतयारी र पूर्वजानकारी दिनुपर्ने बताए। उनले भने, “जोखिम हुनसक्ने मौसममा विपद्बारे जानकारी दिने सबैभन्दा उपयुक्त माध्यम नै कला हो। यसबाट मानिसले चाँडै बुझ्छ र बुझाउन सकिन्छ।”

यस्ता कार्यक्रम आगामी दिनमा प्रदेश तथा स्थानीय तहमा लैजान पनि उनले प्राधिकरणलाई सझुाव दिनुभएको छ। प्रतिष्ठानले गतवर्ष यसैगरी कार्टुन कला प्रदर्शन गरेको थियो। गत वर्षका कार्टुनसहित यसपाली संयुक्त रूपमा यहाँ कार्टुन प्रदर्शनी गरिएको हो।

प्रदर्शनीमार्फत विपद्बारे जान्न र सचेत हुन महत्वपूर्ण योगलादन पुग्ने विश्वास गरिएको प्रतिष्ठानकी निवर्तमान प्राज्ञ परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले बताए।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…