पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउ गर्ने तयारी

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउ गर्ने तयारी
+
-

काठमाडौँ – सरकारले अर्का पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउ गर्ने तयारी गरेको छ। सोमबार ६ पटक अर्थमन्त्री भइसकेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको छ।

लगत्तै अर्का पूर्व अर्थमन्त्री शर्मालाई पनि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने तयारी गरेको उच्च प्रहरी स्रोतले जानकारी दियो।

शर्मामाथि पृथ्वीबहादुर शाहले अमेरिकाबाट ल्याएको ४० करोड रुपैयाँ छुटाउन राष्ट्र बैंकलाई पत्राचार गरेको घटनामाथी अनुसन्धान गर्ने सम्भावनारहेको स्रोतको दाबी छ।

शर्मा अर्थमन्त्री भएका बेला शाहले अमेरिकाबाट लिएर आएको स्रोत नखुलेको रकम फुकुवा गरिदिन तत्कालीन अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई लिखित निर्देशन दिएका थिए।

तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले स्रोत नखुलेको ठूलो रकम छोड्न अस्वीकार गरेपछि दुईबीच टक्राव समेत भएको थियो। त्यसै विषयलाई लिएर शर्माले अधिकारीलाई पदबाट समेत हटाएका थिए।

तर सर्वोच्च अदालतको आदेशपछि अधिकारी पदमै फर्कन सफल भएका थिए। यो सँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत शर्मालाई अनुसन्धान गर्ने तयारी गरिएको स्रोतको भनाइ छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…